मग्मगाउँछ सारा संसार मीठो बास्ना छरेपछि
किन हुन्न सुख शान्ति देशलाई माया गरेपछि
सुवास छर्दै फूल्नु पर्छ सबै तनमन मन्दिरमा
के मिल्थ्यो र फर्किआउन डालीबाट झरेपछि
प्रभात पनि मुस्कुराउँछ आपसमा मिली बसे
बिहानीको लालीकिरण पाईन्न साँझ परेपछि
गगनको जूनतारा झैँ शीतल ज्योति छर्नुपर्छ
नाश हुन्छ बुद्धि विवेक व्यर्थै आँखा तरेपछि
हीरा मोती सुन फल्छ पसिनाको कुलो लाए
जुटौं आजै बनाऔं मुलुक हुन्न साईत टरेपिछ
