Skip to content

नयाँ बरबधु कुर्छन


नयाँ बरबधु कुर्छन त्यहाँ, रात कहिले पर्ला भनी
कौतुहल भई गमिरहन्छन्, शुरू कस्ले गर्ला भनी

लजालु स्वभाव केटीमा, तम्सिन्छ उही पुरूषनै
उघार्न खॊज्छ घुम्ती, डराउँछ अरू बस्त्र सर्ला भनी

नयन जुधे आपसमा, मन्द मुस्कान साटफेर पनि
दुबैजना शंकित छन्, कस्ले अंगालोमा भर्ला भनी

मुटु धड्किन्छ तेजले, परस्पर हातहरूकै स्पर्षमा
प्रतिक्षामा छन् दुबैजना, खुशी कस्ले छर्ला भनी

बर्षे मीठा चुम्बनहरू आहा, छरिन थाले कपडाहरू
आत्तिइन् नयाँबधु, श्याम मध्ये रात कहिले टर्ला भनी

गोविन् बानिया म्याग्देली
पुलचौर-७, डडुवा, म्याग्दी

1 thought on “नयाँ बरबधु कुर्छन”

  1. नयाँ बरबधु कुर्छन
    शृंगार रस र उच्छृङ्खलताको ठिक बिच धारमा रहेर लेखिएको रहेछ । त्यस अर्थमा अलि कन्ट्रोभर्सियल पनि हुन सक्छ । अलि प्रतिकात्मक शब्दहरू मिसाउनु भयो भने सरस र साहित्यिक हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *