Skip to content

झुपडीमा आगो बल्यो धप्प धप्प

  • by


गरिबको झुपडीमा आगो बल्यो धप्प धप्प 
अनायासै नयनाजल झरी गयो तप्प तप्प ,
 
महंगीले शिखर छोयो अत्याचारले सीमा नाघ्यो
आँसुसँग ढिंडो मुछी खानु पर्यो खप्प खप्प,
 
श्रम गर्ने श्रमजीवी नंग्रा ख्याउँछन् मरी मरी  
महलमा ब्यासाहरूले बसी खाए लप्प लप्प,
 
आकास ओडी निदाउनु छ भोक खाई गरिबले
व्यन्जनसंग ठालुहरू चुस्छन फियो चप्प चप्प,

लखनपुर३, झापा, नेपाल, 

Leave a Reply

Your email address will not be published. Required fields are marked *