Skip to content


भो चाहिन्न मलाई नया नेपाल,
भाइ भाइ फुटाउनु छ भने,
भुलेर भाइचारा,
एक अर्का कुटाउनुछ भने,
मुक्दर्सक बनि आफै अघि
आमा र दिदी बहिनीको
इज्जेत र सतित्त्व लुटाउनुछ भने
गासिएका माया ममत्ता सबै माझ
काचो धागो सरि टुटाउनु छ भने …!

भो मलाई चाहिन्न गणतन्त्र
यिनै सोसक र भ्रष्ट नेताहरूकै मात्र
मन परितन्त्र चल्छ भने
गरीब दीनदुखी जनताको
बस्तीमा औँसीले छौदा
यी नै नालायक नेताहरूकै
महलमा मात्रै जुन तारा बल्छ भने,
भो मलाई चाहिन्न नया नेपाल
सगर माथा झैँ उच्चा मेरो बीर सन्तानको सिर
धमेराले खाको ठुटा झैँ ढल्छ भने
भो मलाई चाहिन्न नया नेपाल
सगर माथा झैँ उच्चा मेरो बिर सन्तानको सिर
धमेराले खाको ठुटा झैँ ढल्छ भने !!!

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *