Skip to content


थाहा पाएँ तिम्रो लागि
अब म सस्तो भएछु ,
खेल्दा खेल्दा वाक्क दिक्क लागेको
खेलौन जस्तो भएछु !
नचाहदा नचाहदै तिम्रो मनले
मैले मात्रै चाहेछु
सुन्दा सुन्दा थाकी सकेछौ तिमी
तर…..तर……
थाहा नपाइ निर्धक्क आफ्नो
कथा व्यथा मैले कहेछु
थाहा नपाइ निर्धक्क आफ्नो
कथा व्यथा मैले कहेछु !!

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *