१
ऊ दोपहरको घाममा झोला बोकेर गेटभित्र के छिरेको थियो । बार्तलीमा खेलेकी छोरीले देखिहाली छे । हातको पुतली त्यत्तिकै छोडेर “बाबा ! आउनु भो चिच्याउँदै गेटमा बाबालाई च्याप्प समाउन पुगी । छोरीलाई दुई हातले च्याप्प उठाएर उसले दुईटै गालामा म्वाइँ खायो । छोरीले बाबाको गलो यसरी बेरी उसलाई सास फेर्न गाह्रो भयो ।
कोठाभित्र पसेर राम्ररी झोला बिसाउन पनि भ्याएको थिएन छोरीले बाबुको गला अवरुद्ध हुने गरी भनिहाली “बाबा ! अब कहिल्यै पनि जागीरमा नफर्किनु ल । ” उसले कुनै जवाफ दिन सकेन । छोरीले फेरि ख्यारख्यार पारी “है बाबा ! अब घर छाडेर कहीँ पनि नजानु ल । ल बाबा हुन्छ भन्नु न । ”
“किन छोरी तिमीलाई कसले के भन्यो?”
“हजुरलाई माओवादीले मार्छन रे क्या !”
“…………………………” उसले कुनै जवाफ दिन सकेन । एक भन्नु न दुई भन्नु छारीको कुराले अक्क न बक्क भयो ।
ऊ आँगन छेउको काठको कुर्सीमा बसेर कागती चिया पिइरहेको थियो । छोरीको चुरीफुरी हेर्न लायकको छ । उसकी पत्नी दलानमा चामल केलाइरहेकी छिन् । खाटमाथिको झोलुङ्घामा काखको छोरो सुतिरहेको छ । धेरै लामो समयपछि बल्लतल्ल समय निकालेर ऊ घरमा निस्किएको छ । आक्रमणअपहरण र युद्धको कारणले उनीहरूलाई बिदा दिन छाडेको छ । चाडपर्वतिथिसरादको त के कुरा बाउआमा मर्दा पनि उसलाई घर जान दिइएको छैन ।
अस्ति मात्र उसको साथीको पिताजीको निधन भएको खबर आयो । एक त उसलाई घरसम्म पुग्न आँट आएन अर्को हाकिमले जाने निर्देशन पनि दिएन । उसले कोठामै बसेर जुठो बारिरहेको छ ।
उसको घर राजमार्गबाट दुई किलोमीटरभित्र गाउँ भएको कारणले कहिलेकाहीँ यसो हाकिमहरूलाई झुक्याएर आउने गर्छ । समय दिनप्रतिदिन यति जटिल बन्दैछ । र्न्र्को घाउ अँझ चर्को रुपमा बल्ँिझदै गएको छ । िहंसाप्रतििहंसाको चक्रब्युहमा सर्वसाधारणको जीवन रुमलिँदैछन् ।
उसले पुलिसको जागीर बिवशताबश खाइरहेको छ । चटक्क छाडिहाल्न पनि मिल्दैन । घरमा दुइटा नानीहरू श्रीमती र बूढीआमा पाल्नु पर्ने बाध्यता छ । उसले जागीर सुरु गर्दा त देशको अवस्था ठीकै थियो । ज्यानलाई त्यति खतरा थिएन । एस । एल । सी पास गरेपछि घरको आर्थिक अवस्थाले पढाइ अघि बढाउन सकेन । मास्टरी खानलाई निकै कोसिस गर्यो त्यसमा पनि सफल भएन । जिल्लामा पुलीसको भर्ति खुल्यो लाग्छु भन्ने आशा त त्यति थिएन । त्यसमा पनि सोस्रफोस्रको बोलबाल चल्छ भन्ने सुनेको हो । त्यही पनि एकचोटि कोसिस गर्छु भनेर हिँड्यो । हट्टाकट्टा स्वास्थ्य स्थिति त्यसमा पनि एस । एल । सी पढेका कारण सजीलै भर्ना भयो ।
तालीम सकेपछि मिहिनेत गर्दै गयो । पढाइलेखाइमा सिपालु भएका कारण बाहिरी कामभन्दा भित्री लेखापढीको काममा नै ब्यस्त हुन थाल्यो । पुलिस भएको पाँचवर्षमा हवल्दार पदमा पदोन्नति भयो । त्यसको छ वर्षमा असई बन्यो । उसलाई अँझ माथि जाने लालसा बढ्दै गयो । फलस्वरुप प्राईबेटको परीक्षार्थी भएर आई । ए पास गरी बि । एको जाँच पनि दिन थाल्यो ।
यस्ौबीच उसको सपनाहरू बिखण्डित पार्दै देशमा राजनीतिक बिद्रोह सुरु भयो । बिस्तारी देश युद्धको आगोमा जल्दै गयो । शासकहरूको मन्दबुद्धिका कारण पुलीसले बिद्रोहको सम्पूर्ण भार थाम्नु पर्ने घडी आयो । कसैको स्वर्गीय सुखको लागि उनीहरू धमाधम बलीको बोको हुँदै जानुपर्यो । सत्तामा बस्ने काला पुरुषहरूले उनीहरूलाई बहुलिठ्ठ युद्धमा विवेकहीन ढङ्घले प्रयोग गर्दै गए । जसको कारण नमारिने मान्छे मारिँदै गए नथिुनने मान्छे थुनिँदै गए नचुटिने मान्छे चुटिँदै गए । कयौँ गाउँहरूमा मान्छेमा मानिसहरूको कत्लेआम गरियो ।
यसले गर्दा देशब्यापी रुपमा प्रतीशोधको ज्वालामुखी नै फुट्या । लोग्ने मारिए पछि कयौँ आईमाई पीठ्युँमा नानी च्यापेर जंगल पसे । दाजु मारिएपछि भाइबहिनी हँसियाखुर्पा जे भेटिन्छ सोही चिज बोकेर युद्धमा होमिए । दिनदिनै आफ्नो पेशा खतराको सुचीमा पर्दै गयो । हिजोसम्म सम्मान गर्ने मान्छेहरू घृणाको आँखा उचालेर हेर्न थाले ।
फेरि बिद्रोहको बारेमा उसको अलिक छुट्टै दृष्टिकोण रहेको छ । यो समस्या पुलिसले समाधान गर्ने समस्या होइन । यो त राजनीतिक दलहरूले सत्तासीन नेताले राजनीतिक तवरले हल गर्ने समस्या हो अनाहकमा पुलिसलाई थोत्रा थ्रिनट थ्री राईफलको बलमा पुलिस लगाएर दमन गरेर यो विद्रोहलाई रोक्नछेक्न र उनीहरूलाई मारेर तह लगाउन सकिन्छ भन्नु हुटिट्याँउले सगर थाम्न खोज्नुजस्तो हो । उसको यो भित्री सोच हो । सरकारको नून खाएपछि खुलेआम बोल्न मिल्दैन । नचाहाँदा नचाहाँदै पनि विभिन्न अपरेशनहरूमा जानु पर्छ । उभन्दा जुनियरले अन्धाधुन्द मान्छे मारेकै कारण काँधमा दुईवटा फुली थपिसके । त्यसमा उसलाईपश्चाताप त छँदै छैन । पुलिसको पेशानै संकट र बेईज्जतीको दलदलमा परेकोमा भने दुःखबोध भने छ ।
छोरी अुगनमा उसले ल्याइिएको लावरको भकुण्डो रमाई रमाई उफारिरहेकी छ । उ भने एक तमास रुपले टोलाइरहेको छ । बुढी भएकी आमा उसको हात काखमा तानेर मुसा्रदै पिलपिल आँसु झारिरहेकी छन् “नानी!भो छोडिदे त्यो नाथे जागिरबरु घरमै भैँसी पालेर दुध बेची खाँउला । राति निद्रा आँउदैनझलझली तँलाई सम्झिन्छु । रेडियोमा यति मरे र उती मरे भन्छ । यो बुढेसकालमा डाँडामाथिकी जुनघाम भएकी मान्छेलाई कति पीरमा पार्छस नानी अब छाडिदे । ”
आमाका कुराले उसका आँसु रसाउँछन । एक शब्द बोल्न सकेन । आफूलाई सानैमा टुहुरो बनाएर बाउ मरेपछि आमाले कति दुःख गरेर हुर्काएको सम्ड्ढयो । एक्लो छोरो थियो ऊ । जोरीपारीको अगाडि ताडनालााछनाअपमान र अभावहरू सबै आफूले पिएर हुर्काएकी थिइन । उनको अनुहारमा विगतको त्यो दर्दपूर्ण समय प्रतिविम्बित थियो । आमाको अवस्थाले ऊ साँच्चै द्रवित भयो ।
झोला राख्ने निहुले कोठा भित्र पसेर आछ्यानमा लम्पसार सुत्यो । सोचाइको सागरमा डुब्दै उत्रिँदै डुब्दै उत्रिँदै निष्कर्षविहीन अवस्थामा टोलाइरह्यो ।
२
खेल्दाखेल्दैको भकुण्डो आँगनमै छोडेर छोरी भित्र पसी । ओछ्यानमा लम्पसार बाबामाथि छाँद हालेर उसको भुँडीमाथि सुती । “बाबा ! बाबा !! अब हामीलाई कहिल्यै छाडेर नजानु ल !”
“………………”उसले ल पनि भन्न सकेननाईँ पनि भन्न सकेन ।
“ल भन्नु न बाबा ! ल भन्नु न !!
“किन नजानु बा ! “उसले ल भन्नुको साटो कारण खोज्ने कोसिस गर्यो ।
“तपाँईलाई मार्छन रे क्या । हो बाबा साँच्चै हो ”
“कसले भन्यो तिमीलाई “मायालु स्वर निकालेर सोध्यो ।
“मेरो साथी मिस्री र तल्लाघरे कालेले भनेको क्या । ”
“के भने बा अनि उनीहरूले … । ”
“उनीहरू राति बम हान्छन् अरे । त्यसपछि हामीसँग मिल्न आओ भन्छन अरे । तिमरको बन्दुक देओ भन्छन् अरे । जजस्ले बन्दुक दियो केही गर्दैनन् अरे । अनि जसले बन्दुक दिएन उनीहरूलाई मार्छन अरे । ”
“……………… । “ऊ कुनै प्रतिक्रिया नजनाई टोलाइमात्र रह्यो ।
“मिस्री र कालेले भनेको कुरा हो बाबा । साँचो हो । ”
“अँ अँ”टाउको हल्लाएर समर्थन जनायो ।
“बाबा ! तपाईंर्ँपनि बन्दुक दिईहाल्नु ल । हुन्छ बाबा । ”
“हुन्छ बा हुन्छ । “उसको चित्त बुझाउन खोज्यो ।
ऊ फेरि रमाउँदै भकुण्डो टिप्न आँगनतिर कुदी । उसले झोलाबाट ललिपप झिकेर फेरि भित्र डाक्यो । काखमा राखेर उसको कपाल सुम्सुम्यायो । उसका निर्दोष आँखामा गहिरो गरी नियाल्यो । आँखामा बालसुलभ चाचलता घनिभूत रुपले नाचेको थियो । निष्कलंक मुहारमा जीवनको आभा धप्प बलेको थियो ।
आँगनमा बेगनबेलीका कोपीलाहरू सयपत्रीका फुट्न लागेका थुँगाहरू मधुर सुवास छरेर फक्रिने तरखरमा थिए । उसले छोरीको मुहारमा तिनै कोपिलाहरूको प्रतिविम्बलाई दर्शन गर्यो । भोलिको सुन्दर फूलहरूको जीवन आज दाग लाउनु हुँदैन । भोलिको दिनलाई उज्यालो बनाउन यिनको सुवास र सुन्दरता ज्यादै महत्वपूर्ण छ । यी कोपिलाहरू असमयमै ओइलाउनु हुँदैन । यस्तो सोच्दासोच्दै केही भावुक बनेछ । छोरीको ओठको निर्दोष हाँसो कतै मेरो मृत्युले असमयमै खोसिने पो हो कि उसको मनमा क्षण भरमै त्रासको बादल मडारियो ।
यो मुनी कोक्रोमा यसको भाइ छ यी दुइटा नानीहरूको भविष्यको लागि पनि मैले केही साच्नै पर्छ फेरि चारवीस पुग्न लागेकी बूढी आमा पनि त छन् । उसको मन आमा हुँदै जीवन अर्ध्यांगिनीतर्फ मोडिन्छ । ऊ जीवनमा आज जस्तो भावुक कहिल्यै बनेको थिएन ।
“खाना तयार भयो । पहिले खाना खानु न । ” श्रीमतीको मृदुल एव म मसृण बोलीले ऊ भान्सातिर आकर्षित बन्यो ।
“माम खाने अब माम खाने । म पनि आज बाबासगँ माम खाने । ”
“खाने खाने आज बाबाछोरीसँगै खाने । ” छोरीको कुरामा समर्थन जनायो । आज धेरै दिनपछि यस परिवारले एउटै छानामुनि बसेर खाना खाए ।
३
चाँदनी रातको मादकतामा संसार ल भएर सुतेको छ । निशाको घोर कलिमालाई जूनको रोशनीले छताछुल्ल उज्यालो बनाइदिएको छ । आँगन छेउमा बेगनबेलीको …… जातको फूल मगमग बासना छरिरहेछ । यो फूलको नाम त थाहा छैन तर साँझ परेपछि यसले सुगन्ध दिन थाल्छ । राती पनि यसको सुगन्धमा खिचिएर मौरी भँबरा र अन्य किराहरू आउने गर्छन् ।
छोरी साँझमै सुतिसकेकी छ । आमा पनि सुतिसक्नुभएको छ । छोरो झोलुङ्घोमै निदाइरहेको छ । घडीले एघार बजाइसकेको छ । पति पत्नी टाँडको बरण्डामा बसेर अन्तरङ्घ कुराकानीमा डुबेका छन् । दुवैका आँखामा निद्राको लेश छैन । कुनै गहन बिषादमा परेका चखेवाचखेवीको जोडीजस्तो मनको सन्तापहरू पोखेर निलो आकाशका ताराहरू नियालिरहेका छन् ।
“हजुर त साँच्चै निष्ठुरी ! कत्तिभन्दा पनि लाग्दै नलाग्ने । जागिर छोडेर आउनु भनेको कहिलेदेखि हो छोरीले मलाई दिनको भोक न रातको निद बनाउँछे । आमा त्यस्तै पीरले सुकिसक्नुभएको छ । ”
” “ऊ अक्क न बक्क भएको छ । ऊसँग कुनै जवाफ छैन ।
“हेर्नु माईती गयो । माईतीमै सबैले ट्वाक ट्वाक गर्छन् । ज्वाइर्ँलाई भिनाजुलाई किन जागिर छोड्न नलाएको भन्छन् । अटेरी गर्दा गर्दै कुन दिन अनिष्ट ब्यहोर्नु पर्ने हो थाहा छैन…………” उनी त सुँक्कसुँक्क आँसु े झार्न पो थालिन् । ऊ पनि तरल बन्यो । उनका आँसु पुछिदियो । टाउको काखमा लिएर सुमसुम्याउन थाल्यो । “सरु किन यसरी रोएकी छोड्ने सोच त बनाउँदै छु नि तर हेर जागिर छाडेपछि कसरी गुजारा चलाउने हो पीर लागेर आउँछ !”
“के को पीर पौरखी मान्छेलाई खालि हात र भोको पेट बस्नुपर्छ । जसरी पनि यती जाहान सजिलै पाल्नसकिन्छ । आफ्नै खेतीले ८-१० महिना खान पुगिहाल्छ । भैँसी पाल्दा पनि भयो । बाकट खसीपालन गर्दा पनि भयो । कुखुरा पालेरै तल्लाघरे जेठाजु मैनाको दस हज्जार कमाउँछन् । हामी चैँ खाली हात बस्नुपर्छ ” श्रीमतीको आँटको भित्रभित्रै सराहना गर्यो । साँच्चै उसकी श्रीमती पौरखी छे । अल्छी कुन चराको नाम हो उनलाई थाहा छैन । ऊ जागिरमै बस्छ ढुक्कसित । घरव्यवहार खेतीपाती सारा कुरा भ्याएकी छिन् ।
“सरु आज म तिमीलाई एउटा कुरा भन्छु मान्छे ऊ त ” श्रीमतीको मन चोर्ने विचार गर्यो ।
“के कुरा भन्नु न । राम्रो भए मान्छु नराम्रो भए मान्दिनँ । ”
“जागिर छोडेर विदेश जानुपर्यो दुईचार वर्षको लागि । कमाई पनि हुने सुरक्षित पनि हुइँने । एक त जागीर राजीनामा गरेर छोड्न सरकारले रोक लगाएको छ । भागेरै हिँड्नुपर्छ । त्यसो गर्दा सबै सुविधा पनि माया मार्नुपर्छ । फेरि गाउँमा सजिलोसँग बस्न पनि असहज छ । भन त सरु के गरुँ । ”
“ए पर्दैन पर्दैन विदेश जान पर्दैन । महिनाको पाँचसात हजार कमाउन विदेशै जानुपर्छ उहाँ बगाउने पसिना यहीँ बगायो भने यहीँ नै त्यति कमाई हुन्छ । तपाँई किन डराउनुहुन्छ गाउँका सबै जागिर छाडेर आइसके । खुशीको जागिर पो हुन्छ त । फेरि त्यो पेशा नै छाडेपछि उनीहरूले पनि राम्रै गरेको देखिएको छ । आखिर जागिरमा रहँदा पनि तपाईंर्ँले उनीहरूलाई छेती पुर्याउने काम गर्नुभएको छैन क्यारे । ”
श्रीमतीको कुराले उसको हृदयमा हौसला बढ्यो । जागिर छोडेर पनि केही गर्न सकिन्छ भन्ने आँट पलायो । कोक्रामा सुतिरहेको नानी छट्पटएर रुन थाल्यो । उनी उठेर नानी स्यार्हान थालिन् । घडीले आधा रात भएको संकेत दिइसकेको थियो ।
ओछ्यान मिलाएर सुत्ने तरखरमा लागे । तर यी दुई जोडिलाई आज निद्राले आफ्नो शरणमा बेर्न सकेन ।
उसको काखमा उनले यति धेरै ताता आँसुहरू बगाइन् । भोलिपल्टदेखि ऊ जागिरमा नफर्किने निर्णय गर्यो ।
४
बिहान छोरी नब्यूँझिदै ऊ साँढे चारको दिवावसमा काठमाडौँ प्रश्थान गर्यो । आफ्नो पाकेको संचयकोष निकालेर पशल थाप्ने योजनाका साथ ऊ त्यता लागेको छ ।
घरको विशेष परिस्थितिले जागिर गर्न नसक्ने व्यहोराको राजीनामापत्र उतैको हुलाकबाट पठाइदिनलाई तयार गरेर हिँडेको छ ।
गाडी तुफान गतिमा हुँईकिरहेको छ । त्योभन्दा बिजुलीवाण गतिमा उसको मन दौडिरहेको छ । जीवनमा सर्वाधिक हलुङ्गो स्थिति महसुस भएको छ । अब उसको जीवनको सबै ढोकाहरू खुलेको अनुभूति सल्वलाएको छ । रातिको निद्रा सुत्ने कोसिस गर्छ । तर निद्राले कसै गर्दा पनि आँखालाई चुम्वन गर्दैन । बरु उसको आँखामा सानि छोरी को निष्कलंक मुहार बुढि आमाको ममतामयि मुहार र श्रीमतीको हार्दिक तथा अप्रतिम प्रेमले ओतपोत अनुहारको झल्को एकपछि अर्को तँछाडमछाड गर्दै बल्झिदिन्छ । ऊ ओठमा सन्तुष्टिको मुस्कान झिकेर वसको झ्यालबाट टाढाटाढाको रिगंन क्षितिजलाई चियाइरहन्छ ।
समाप्त

सारै राम्रो छ।छोरी को सम्बाद
सारै राम्रो छ।छोरी को सम्बाद ले आँसु नै…………………………….