Skip to content


मेरो अबोध मन
आज कता कता रुमल्लिरहेछ
गाउँघर, बनपाखा, कन्दरा र डाँडाकाँडा
समतल र नागीहरूमा ।
आँखाले सम्झिरहेछ बिगतलाई
डाँडापाखा उकालीओराली र
चौतारीहरूमा, भञ्ज्याङहरूमा
सुसेल्दै र रमाउदै
हिंडेका क्षणहरू,
जाने त गैहाल्छ समय जस्तै
जाने भन्दा बस्नेलाई असह्य हुदोरहेछ
मुटुमा एक तमासको दु:ख अनी पीडा हुँदोरहेछ
आज समय दुखिरहेछ
तिमी गयौ
सबै गयो
मृदुल ओठहरूले बिहानी अरुणोदयसंगै
शुष्क गलाबाट निस्केको करुण क्रन्दनले
कता कता द्रबित बनाइरहेछ।
आज
अङ्गप्रत्यङ्गहरुको समय नापतौल गरिरहेछ
आँसु रित्तिएर सुक्का भएका आँखा
अबरुद्ध गलासङै समय
भागिरहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *