मानिस नियमित बोलिराख्छ
कतै कुन्ठा, कतै स्वार्थ बोकेर
समयले सिमा तोक्छ
झुठका पुलिन्दा निख्रिन थाल्छ
धकेलिंदै जब भित्तामा पुग्छ
एक दिन ढिला चाँडो सत्य आँफै बोल्छ !
हो त मानिस बोलिराख्छ
कतै कुटिल् मुस्कान बाँडेर
कतै भनीभुत आक्रोस पोखेर
कहिले भ्रम कहिले सत्ता बनेर
जब खेलको पर्दा खस्न थाल्छ
जानी न जानी सत्य आँफै बोल्छ !
ऊ! हेर मानिस बोलिरहेको छ
कहिले सपनामा कहिले जोसमा
कहिले निरस कहिले कर्कस
जब नियतिका पर्खाल भात्किन्छ
सामुन्ने निस्पटता छाउछ
दु:ख होस् या सुख सत्य आँफै बोल्छ !
हो त मानिस् बोल्छ बोल्न चाहन्छ
बाधिएको छ रे ऊ सिदान्तको रेखामा
बाँधिएको छ रे ऊ अनुशासनको सीमामा
जब तन मन र धनले बिदा हुन ढिपी गर्छ
राम्रो न राम्रो बिर्सेर सबै
अन्तत आँफै मानिस सत्य बोल्छ!
