Skip to content


मेरो प्यारो देश जलिरहेछ दन्दनी
दुख्छ मन सधै नै सम्झे नि
दमकल बोलाइदेउ न ए! हजुर
सबै मिली बचाऊ न राष्ट्रको गजुर !!

कहाँ, कसरी? शुरु भयो आगो
चुड्न लाग्यो राष्ट्र प्रेमको धागो
ए! उठ न हो, आगो निभाउनु पर्यो
पानी, बालुवा जे छ छर्की दिनु पर्यो !!

सधै छिमेकीको मात्र भर नपर है
सहयोगको साथै साँध मिची देला है
मौकाको फाइदा उठाई सुकुम्बासी बनाइदेला
यहि कुरालाई सोचेर आँखा खोलि सधै बसौला !!

ए! उठ न हो कति सुति राखेको?
आगोले सबै जलाई दिने भयो
होइन! भाग्ने काम मात्र नगरौ
आगो निभाउने प्रतिकार पनि गरौ !!

मार्च २०१०

1 thought on ““जलिरहेको मेरो देश””

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *