Skip to content


शिक्षा हो नव ज्योति हजुरको ज्ञानको मुहान दिने,
यै हो ज्योति दिने यो विश्वमा आखाँ खुलाइ दिने ।
शिक्षा पढौँ भाइ बहिनीहरू विद्वान् बन्ने गरौँ
शिक्षाले व्यवहार परिवर्तन गरी विश्वमा शान्ति छरौँ ।

न भाग लाग्दछ दाजुभाइमा पनि,
न छोराको अंश लाग्दछ न राजा कसैको पनि ।
शिक्षा जति दियो त्यति त्यति बढ्दै जाने यो अति,
शिक्षा जति कोशिस गरे पनि बाँडिदैन कति पनि । ।

शिक्षाकै युग भयो यो संसार अनपढ छैनन् कतै,
शिक्षा पढी राम्रो काम गरी प्रगति गरौँ सधैँ ।
शिक्षाले नै पुगे मानिस आज चन्द्रको क्षेत्रमा पनि,
कोही अन्तरिक्षमा पुगि त्यहाँ बसिसकेका छन् कति । ।

रोसनकुमार जोशी, कक्षा ः ९
श्री गलैनाथ मा.वि., झरकडा (दार्चुला), महाकाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *