१ राजनीति
फोहरमैला
दुर्गन्ध धेरै यहाँ
कुर्सी नै कुर्सी
२ नेता
मोलमोलाई
खति रोज्न सिपालु
इज्जत मर्यो
३ सरकार
नाक खस्यो रे
सिँहदरवार भो
उत्तानो चित
४ कानून
विधिविधान
सानालाई ऐन हो
बडाको चैन
५ वर्तमान
मोहमा फँस्दा
धेरै जिब्रो निस्केर
देशै लजायो
उदयपुर

यो हाईकु नभएर सेन्र्युहरु
यो हाईकु नभएर सेन्र्युहरु हुन् ।