Skip to content

“म बन्न चाहन्छु” (अराजकतावादी कविता)


म एडोल्फ हिटलर बन्न चाहन्छु
लाखौ यहुदीहरूको हत्या गर्न चाहन्छु
किन? भन्ने प्रश्न नै नगर्नु
अब, म हिँसाप्रेमी भएको छु !!

म जोसेफ स्टालिन बन्न चाहन्छु,
आफ्ना सहकर्मी साथी अनि
शत्रुहरूको पूर्ण नाश गर्न चाहन्छु
ताकी फेरि टाउको उठाएर विरोध गर्न नसकून् !!

म सद्दाम हुसैन बन्न चाहन्छु
हजारौ कुर्दहरूको ज्यान लिन चाहन्छु
किनकी अमेरिकाको बुइ चढेर
मेरो विरुद्द लाग्नेलाई निर्मुल पार्न चाहन्छु !!

म ओसमा विन लादेन बन्न चाहन्छु
क्रिस्चियेन् र अमेरिकाको विरुद्दमा लागेर
धार्मिक लडाईलाई अगाडि सारेर
मुस्लिम साम्राज्य कायम गर्न चाहन्छु !!

म इन्डोनेसियन नेता सुहार्तो बन्न चाहन्छु
अमेरिकी सरकारको समर्थन लिएर
सेना र शक्तिको आडमा निमुखा लाखौ
कम्युनिष्टहरूलाई सखाप पार्न चाहन्छु !!

म कम्बोडियन नेता पोलपोट बन्न चाहन्छु
धनी,गरिव, ब्यापारी, अशक्त कसैलाई नछुटाई
जनताहरूलाई जबर्जस्ती श्रमशिविरमा पठाएर
श्रम गर्न नमान्नेलाई तातो गोली ठोक्न लगाउछु !!

म क्युबाको फिडेल क्यास्ट्रो बन्न चाहन्छु
४२ बर्ष सम्म लगातार राष्ट्रप्रमुख हुन चाहन्छु
सर्वहाराको नाममा जनताको परिवर्तनको भावनालाई
कुल्चेर अधिनायकवादी हुकुमी शासन लगाउन चाहन्छु !!

म उतर कोरियाको “किम जोंग-२” बन्न चाहन्छु
मेरो बाबुले मलाई राष्ट्रपतिको पगरी दिए जस्तै
मेरा छोरालाई पनि राष्ट्रपति पद ओढाई दिनेछु
नौलो प्रकारको कम्युनिष्ट राजतन्त्र कायम गर्नेछु !!

1 thought on ““म बन्न चाहन्छु” (अराजकतावादी कविता)”

  1. तिमी एडोल्फ हिटलर,जोसेफ
    तिमी एडोल्फ हिटलर,जोसेफ स्टालीन ,सद्दाम हुसेन ओसमबिन लादेन ,………… तर तिमी प्रचण्ड बन चाहन्नौ किनकि १३००० (तिह्र हजार निर्दोष नेपाली मार्न चाहि चाहन्नौ तिमिरो चाहना राम्रो छ l साहित्यमा मात्र यो ठिक छ रिअल जिबनमा यो राम्रो छैन l जे भए पनि कविता राम्रो छ

Leave a Reply to bkbhandari Cancel reply

Your email address will not be published. Required fields are marked *