Skip to content

दुई आत्मा मिलाएर परेवाझैं जोडी

  • by


दुई आत्मा मिलाएर परेवाझैं जोडी
हुन आउने कहिले हो रेशमी घुम्टो ओडी

मानिसहरूको भीडभित्रै मान्छे अछुत भा छ
अब त उभिनु पर्छ सारा बन्धन तोडी

हामीलाई हेर्ने हजार आँखा हजार रूप देख्छ
टोक्न खोज्ने आँखाहरूलाई आऊ अन्तै मोडी

तिम्ले मैले खेल्ने ठाउँ जेल बन्यो भने
जसरी नि मिल्नुपर्छ ताला सिक्री फोडी

कुल्चिएर, छिचोलेर सारा बाधा अड्चन
सँगै बस्ने बाचा गरौं बरु स्वर्ग छोडी

नँखेल, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *