Skip to content


मेरो सानो फूलबारीमा थरीथरी फूल
यी फूललाई टिपी चुँडी गर्नुहुन्न भुल
पुतलीलाई दिन्छ यसले मीठा-मीठा रस
गोड-मेल गरी यिनलाई, लिनुपर्छ जस
मेरो सानो फूलबारीमा सधैँ चरी बस्छ,
इन्द्रधनुष यहीँ आई आकाशबाट खस्छ,
चन्द्रमाले शीतलता यहीँ आई छर्छ,
यहाँ फुल्ने फूलदेखि रिस मेरो मर्छ ।
मेरो सानो फूलबारीलाई हेर्नु सबै आई
फूल टिपी कहिल्यै पनि नगर्नु है भुल
फूलबारीमा धेरैथरी फूलहरू भर्नु
यही सन्देश यत्रतत्र सबैतिर छर्नु

सन्दिप दुधराज, कक्षा ः ९
रिभर भ्याली इ.से. स्कुल, मदनपोखरा-६, पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *