ढुङोलाई बरु मान्छेले देउता यहाँ बनाउँछन्
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउँछन्
उधारोमा नाम किनेर निर्लज दात ङिच्याउदै
सुझबुझ नभा’ स्वाँठ नै आँफैलाई ज्ञाता भनाउँछन्
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउँछन्
भरोसाको पासो थापेर मौकाको खोचे थाप्नेहरू
निचोरेर घाँटी निर्धाको जितको खुशी मनाउँछन्
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउँछन्
संस्कार सिक्न बिर्सें कि कुरीतिभित्र रुमल्लिदै
उडे पनि उडोस् छारो त्यो आफ्नैले आङ कनाउछ्न
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउँछन्
कठैबरा ! हाम्रो यो धरा किन भो दुर्घन्ध यतिखेरा
नहोस नि किन यहाँ त मान्छेकै बोली गनाउँछन्
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउँछन्