Skip to content

असारको महिना पानीको रिम झिममा रमाउदै


असारको महिना पानी को रिम झिममा रमाउदै ….बादलुको घुम्टो भित्र चियाई रहेका माथी डाँडाका थुम्क्काहरुलाई आँखा झिम्कौदाई …सुसाइ रहेका खोलाहरु तर्दै ….पालुवा फेर्दै गरेका डालीहरुसंगै रम्दै …चिल्ला -चिल्ला खेतका आलिहरुमा हिंड्दै ….खेतका पाट्टाहरुमा रंगी -चंगी प्ल्यास्तिक ओढ्दै बैसालु झरी संगै मुकाबिला गर्दै गरेका खेतालाहरुलाई साथ् दिंदै ..हो …हो ..माले हो…हो..तारेको नारा लाउदै गोरुको पुच्छर निम्ठ्दै भाग्ने हाली संगै नाच्दै ..रोपार्को खेताई बाट थकित भाउसेहरुलाई हौसौदै …हिलाई हिलोको जीऊ बोकी आमाको आगमन संगै पिरो र अमिलो अचार संगै खाजा खाँदै दोहोरीको झाटकामा हिल्लो छ्याप्दै अनि साथी संगीले छ्यापेको हिल्लो छल्दै साँझ पाखा छुटिने क्रममा तिनदोभानमा जम्म भै पौडी खेली दोहोरीको झटारोमा भोलि भेट्ने बाचा गर्दै आ-आफ्नो घर लागेको पनि अब त ३ बर्ष भै सकेछ …
मलाई लाग्छ अब ति दिनहरु दोरिन्न पनि….लाग्छ मेरो ति खेतका ढिस्काहरु भत्केर चिल्ला चिल्ला आलिहरु पखेरिमा हाँस्दै छन् ..खेतका पाट्टाहरुमा दुबो र तिते पाती मौलौदै होलान ……..
हामि नाच्ने रमाउने ति ठाउँ हरुमा फट्यांग्रा र कितिर्केहरु गाउदै ..नाच्दै होलान ………….
आखिर ति खेतका पट्टा हरुसंग मितेरी साइनो लाउदै ,,नांग र मासु खिएर माटोका धुल्लोहरुलाई पसिनाको थोप्पहरुले मुच्छेर सुन र धान फलाउनु पर्ने म नै परे भै दिए पछी……पसिनाका थोप्पहरु सुख्खा अति सुख्खा बालुवामा मिलाउन आए पछी ………………….क्रमश ,,,,,,,,,,,

राजेश रुम्बा लामा “अतृप्त’
दोहा कतार

2 thoughts on “असारको महिना पानीको रिम झिममा रमाउदै”

  1. धेरै राम्रो लाग्यो यहाँको
    धेरै राम्रो लाग्यो यहाँको लेखाई, गाउघरको खेतिपाति अनि साथि संगीको सम्झना दिलाउने सशक्त्त लेखाइ छ , अझ यो भन्दा पनि उत्कृष्ट लेखनमा कलम चलिरहोस शुभकामना छ याहाँलाई धेरै धरै ।

    सकुला तामाङ
    ललितपुर

  2. sakul ji hajurlai dherai
    sakul ji hajurlai dherai dherai dhanybaad,,yasari aafnu sakaratmaak pratirkiyaa dinu vaakomaa..
    molaai aashaa 6 feri feri pani yasari hajurle aat ra haausalaa yuktaa pratikriyaa dinu hun6..taaki junkaaran mero 6itich chumne daaudlaai saarthaak banaauni 6..hajurharuko yasato pratikriyanai mero safltaako maargaa ho.

    raaajesh rumba lama “atript”
    doha katar

Leave a Reply

Your email address will not be published. Required fields are marked *