Skip to content


मैसँग पो बिहे गर्छु भन्छे किन होला ?
हैन भने झुन्डेर मर्छु भन्छे किन होला ?

नभए नि यो आँगनीमा प्रेमरुपी दुबोहरू
रमाई-रमाई वरिपरी चर्छु भन्छे किन होला ?

अप्सरा सुहाउन्न मसँग भन्दा पनि
मेरै मनमा डेरा सर्छु भन्छे किन होला ?

माया यो भेल हो बगाएर लग्ला भनी
सम्झाउँदा नि एक्लै तर्छु भन्छे किन होला ?

जे गरे नि उनीलाई झ्याँइकुटी नपारेमा
अपहरण गरेर नि हर्छु भन्छे किन होला ?

1 thought on “झुन्डेर मर्छु भन्छे”

Leave a Reply to Lakpa Sherpa Cancel reply

Your email address will not be published. Required fields are marked *