Skip to content


मायाको चिनो
जाइफूल फक्रेछ
तृष्णा मेटियो

विशुद्ध माया
आगलागी हुर्कदै
टालो फाटेछ

कालो चियामा
ओठको लाली झर्यो
स्वादको झट्का

तेजिलो सुर्य
हिमालमा पोखियो
पिन्गला भूमि

हाइकु तिर्खा
अलिखित करुणा
सागर यात्रा

छायाले ढाक्दै
सुकिलो बिचारमा
अमिलो शब्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *