Skip to content


पूणिर्माको जून भएर आइदेऊ तिमी मेरो बस्तीमा
आँखाको पुतली भएर आइदिऊ मेरो बस्तीमा
अरू के भनौँ खैँ माया नभएकी निष्ठुरीलाई
यो जिन्दगी बितिरहेछ खाली तिम्रै प्रसस्तिमा

सबैभन्दा प्यारो वस्तु कसैले लुटेजस्तो
असाध्यै मन परेको चिज कतै छुटेजस्तो
अब त जिन्दगी नै कस्तो कस्तो लाग्न थाल्यो
मुख हेर्दा हेर्दैको ऐना प्याट्ट फुटेजस्तो

तिमीलाई देख्ने बित्तिकै मन त्यसै त्यसै झस्किदिन्छ
के के न पाएजस्तो आङ त्यसै त्यसै मस्किदिन्छ
कहिले त आफैँलाई लाज लागेर आउँछ निर्मोही
मायाको छाल उर्लेर कता -कता मुटुमा चस्किदिन्छ

युवामञ्च २०६७ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *