Skip to content


जति बिर्सु भने पनि सम्झनामा आउँछ्यौ तिमी
यो मुटुमा हरपल हरक्षण आउँछ्यौ तिमी

बिर्सुँ भन्छु याद आउँछ तिम्रा हरेक कुराहरू
रुँदा रुँदै आँसु पनि सुकिसके जस्तो लाग्छ
माया मेरो चोखो छ है बुझिदिए जस्तो लाग्छ

थाहा छैन जिन्दगीले अब कहाँ पुर्‍याउने हो ?
चोखो माया लगाउनेलाई अझ कति रुवाउने हो
बाँचुन्जेल छाड्दिन म तिम्रो लागि बाँच्ने हुँ म

मरेपछि पनि सायद तिमीलाई नै पाउँछु म
चोखो मनले वरमाग्छु भगवानसँग आज
मेरो चाखो मायापि्रति सफल पारी राख लाज

युवामञ्च २०६७ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *