Skip to content

हरिया चुरा लाएकी रैछ्यौ ( गजल )


पानी मात्रै खाएकी रैछ्यौ मेरै नाममा हो कि ?
हरिया चुरा लाएकी रैछ्यौ मेरै नाममा हो कि ?

नजिकका तीर्थ हेलाँ, शिबलिंग खोज्दै हिड्छ्यौ
पशुपति धाएकी रैछ्यौ मेरै नाममा हो कि ?

भन्न त लाज मान्छ्यौ अनुहार थकित देख्छु
पाउनु हण्डर पाएकी रैछ्यौ मेरै नाममा हो कि ?

नजर झुकाउँछ्यौ मेरो सामु गरुड छेउको सर्पसरी
घरैसम्म आएकी रैछ्यौ मेरै नाममा हो कि ?

पानी मात्रै खाएकी रैछ्यौ मेरै नाममा हो कि ?
हरिया चुरा लाएकी रैछ्यौ मेरै नाममा हो कि ?

मित्र पाठक ” राजु “

3 thoughts on “हरिया चुरा लाएकी रैछ्यौ ( गजल )”

  1. ठिस बुढा

    “हरिया चुरा लाएकी रैछ्यौ” मन परो
    राजु सर – राम्रो छ!

Leave a Reply to Mitra pathak Cancel reply

Your email address will not be published. Required fields are marked *