किन राख्छौ आशा हरियालीको
चैत बैशाखको खडेरी हुँ म
किन सोच्छौ भबिस्य मलाई
दियोमुनिको अधेरी हुँ म
किन डुब्न खोज्छौ मायाको सागरमा
किनार लागिसकेको बगर हुँ म
किन ठान्छौ बाँच्ने आधार मलाई
साथ छुटाउने जहर हुँ म
किन सुसाउन खोज्छौ मेरो छहारीमा
कमजोर भै सकेको जरो हुँ म
किन मान्छौ सहारा मलाई
खुट्टा सहितको लंगडो हुँ म
कसरी पायौ मायाको आभास मबाट
आफै मायाको भोको छु म
किन माग्छौ हाँसो मसँग
दिन रात आफैं रो’को छु म
गैंडाकोट

किन सोच्छौ भबिस्य
किन सोच्छौ भबिस्य मलाई
दियोमुनिको अधेरी हुँ म
किन ठान्छौ बाँच्ने आधार मलाई
साथ छुटाउने जहर हुँ म
यी माथिका लहरहरू चाहिं विशेष सटिक लाग्यो।
thank you for ur comment
thank you for ur comment