किन?
हर पल धड्किन्छ मुटु तिम्रै नाम लिएर किन?
हर पल रोकिन्छ स्वास तिम्रै बात सुनेर किन ?
जति नै टाढिए पनि मन तिमीसँगै हुन्छ किन ?
तिमीबिना एक पल चैन छैन किन ?
जब
आँखामा जब आँखा जुध्यो तिम्रो
हृदयले जब माया चाह्यो तिम्रो
आनायासै जब भन्न पुगें साथ चाहियो तिम्रो
थोरै भए पनि मनभित्र बास चाहियो तिम्रो
बुझेनौ कि?
माया मैले गरेकै हूँ, तिमीले बुझेनौ कि?
हात मैले दिएकै हूँ, तिमीले थमिनौ कि?
भावना मैले भनेकै हूँ, तिमीले जानेनौ कि?
हृदय खोली बाटो देखाएकै हुँ, बाटो तिमीले देखेनौ कि ?

Mitho
Mitho