Skip to content

गज़ल (फूलले पनि मैलाई काट्छ धार भएपछि)


फूलले पनि मैलाई काट्छ धार भएपछि
तिम्रो मेरो छुट्टा-छुट्टै ससार भएपछि

बिछोड्को पलमा उसै मुस्कुराउँछ्यौ तिमी
प्रभातको रौनक कहाँ अन्धकार भएपछि

पीडाको त्यो सन्तापले छाती पुरै पोल्छ
एउटै मुटु टुक्रिएर चार भएपछि

बिदा भई समिपबाट पर पुग्दा तिमी
आशु खस्छन नयनबाट पार भएपछि

विजयको सिन्दुर जात्रा मनाउनु तिमी
यो जीवनमा सधै मेरो हार भएपछि

“घायल योद्धा” नवराज
बनेपा काभ्रे

1 thought on “गज़ल (फूलले पनि मैलाई काट्छ धार भएपछि)”

Leave a Reply to Vijaya Kumar Pandey Cancel reply

Your email address will not be published. Required fields are marked *