Skip to content

धार बनायौ कि ?

BhupendraMahat


छारो उड्न थाल्यो अरे, आङ कनायौ कि ?
नाकै थुन्न पर्ने भो रे, तिमी गनायौ कि ?

न बनायौ, न सघायौ, पर्छ ओतिनु त
भत्काएर आफ्नै घर, जात जनायौ कि ?

च्याँखे थापी मनहरु, कस्तो पन जित्यौ
खुशी भनी कतै फेरि, शोक मनायौ कि ?

बलिर’छ शान मान, नहोस् खरानी त्यो
निभाउछु भन्दै अझै, तेल खनायौ कि ?

आत्मा साक्षी राखी हेर, एक चोटी तिमी
तिखारेर कलममा, धार बनायौ कि ?

2010 मा प्रकाशित समकालीन साहित्यिक अकाशे पत्रिकाबाट ।
August 9, Monday

2 thoughts on “धार बनायौ कि ?”

  1. गोर्खेजीले भनेझैं मिलेको
    गोर्खेजीले भनेझैं मिलेको व्यंग्यत्मक गजल छ। भूपेन्द्रजीका प्रत्येक गजलमा कुनै न कुनै विशेषता हुने गर्छ। यो नै वहाँको विशेषता हो!

  2. भुपेन्द्रभाइको ब्याङ्ग्यात्मक
    भुपेन्द्रभाइको ब्याङ्ग्यात्मक गजलकारिताको हार्दिक बधाइ छ ।

    भुपेन्द्रभाइको ब्याङ्ग्यात्मक गजलकारिताको हार्दिक बधाइ छ,यसरी नै देखिएका कालक कर्तुतहरूलाइ सहृदयी पाठकहरूको सामु पस्किने जमर्को गरेको देख्दा खुसी लागेर यो गजल मझेरी डट कममा सभार गर्न खोजिएको हो । यसरी नै तपाइँका कलम तिखारिँदै जावोस्, मेरो यहीशुभकामना छ । साथै भाइ गजललाइ अझै बहरमा लेख्ने कोशिस गर्न पनि अनुरोध गर्दछु ।

    – गोर्खेसाइँलो
    गजलबटरर्, विशालमार्गर्,नाराणगढ, चितवन ।
    gorkhesailo@yahoo.com, mob. +977- 9855055351

Leave a Reply

Your email address will not be published. Required fields are marked *