पानी बिना माछा कहाँ
फूल बिना भमरा काहाँ
म सिद्धिएको छु यहाँ
म रित्तिएको छु यहाँ ।
सधैँ साथ दिन्छु भन्थ्यौ
आजै तिमी कहाँ कहाँ ?
बिहानी बिनारात कहाँ
मायालु बिना प्रित कहाँ ।
प्रकाश बिना छायाँ कहाँ
मिलन बिना माया कहाँ ?
म अल्झिएको छु यहाँ
म भत्किएको छु यहाँ ।
आफैँ हात दिनुछु भन्थ्यौ
आजै तिमी कहाँ कहाँ ?
म नाशिएको छु यहाँ
म भासिएको छु यहाँ ।
पुरै ज्यान दिन्छु भन्थ्यौ
आजै तिमी कहाँ कहाँ ?
सचिवः पल्लव साहित्य प्रतिष्ठान
आधिकारिक सम्पादकः पल्लव साहित्यिक पत्रिका
पुलचोक नारायणगढ चितवन ।
