Skip to content


मेरो आँखाभरि आँसु
मनभरि छ खोला
बगिदिन्छु छल्केर
के सम्झेर होला ।

पूणिर्माको रात पनि
औंसीको झैं लाग्यो
तिमीलाई देख्दाखेरी
मेरो मन नै जाग्यो ।

चोटमाथि चोटै थप्ने
दैव कस्तो होला
व्यर्थै खेर जाने भयो
यो दुई दिने चाला ।

यो जुनीमा यस्तै भयो
अर्को जुनीमा पाउँछु कि
मलाई छोडी अन्त गए
कोसित माया गाँस्छ्यौ नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *