Skip to content

कसरी म हाँसु ?

  • by

दिनमा सधैं मनमा पीर रातमा सधैं आँसु
जलन हुन्छ भित्र-भित्रै कसरी म यहाँ हाँसु ?

खाटा बस्ला जस्तो छैन बेहोसीमा दुख्ने घाउ
जीवन ढल्यो मझेरीमा अँधेरी छ कहाँ जाऊँ
अचेल मलाई एकान्तमा बगिरहन्छ आँसु
जलन हुन्छ भित्र-भित्रै कसरी म यहाँ हाँसु ?

रात पनि कति लामो दिन झै भईदिए हुन्थ्यो
छातीभित्र छटपटाउने तनाब यो गैदिए हुन्थ्यो
मडारिंदै कोल्टे फेर्छु झरी रहन्छ सधैं आँसु
जलन हुन्छ भित्र-भित्रै कसरी म यहाँ हाँसु ?

बिमल गिरी
Brussels.

Leave a Reply

Your email address will not be published. Required fields are marked *