Skip to content


मलिन अनुहार
कम्पित स्वर
अनि आँखामा टिल्पिल टिल्पिल आँशु
बोल्ने केही शब्द छैन ऊसँग
किनकि ऊ विचारहीन छ
त्यसैले ऊ नतमस्तक पनि ।

जिम्मेवारी धेरै थपिएको छ
शुन्य मष्तिष्कले
गर्ने हिम्मत छैन
तर पनि
उसमा अहमता छ
अनि म बोल्न बाध्य भए
मित्र,
बुख्याँचा देखाउनको लागि हो
जसको कुनै अस्तित्व छैन
पहिरन निकाल्ने हो भने
मासु र हाडको थुप्रो मात्रै रहने छ
सक्छौ विचारको वर्षा गर
सक्दैनौ
ठुलो हावामा तिमी उड्ने छौ ।

बगुवा-६ गोरखा
हाल; दोहा-कतार

3 thoughts on “बुख्याँचा”

  1. सक्छौ विचारको वर्षा
    सक्छौ विचारको वर्षा गर
    सक्दैनौ
    ठुलो हावामा तिमी उड्ने छौ ।

    ke bicharko garibi haru yaha hawasangai badharinu parne?
    बुख्याँचा dekhaunelai ke asal banaune bichar garou ra bicharko muldharma prabesh garau..

    Dasharatha..

  2. ढकालजी-रामविक्रम थापाका
    यत्ति

    ढकालजी-रामविक्रम थापाका
    यत्ति धेरै माया किन गुणलाई पो हो कि
    मलाईभन्दा बढी माया घूनलाई पो हो कि ।
    म त ध्वाँसे कालो हाँडी कुनातिरै बस्छु
    यत्ति सेतो चहक रङ्ग चूनलाई पो हो कि।
    म त बामपुड्के फर्सी खाल्डाभित्रै पस्छु
    तिम्रो बृद्धि माथि आकाश छुनलाई पो हो कि।
    म त कालो औँसी रात अँध्यारोमै बस्छु
    यति राम्रो ज्योत्स्ना पनि जूनलाई पो हो कि।
    ओठबाट मेरो हाँसो अन्तै गयो अचेल
    तिमी यति धेरै हाँस्नु रुनलाई पो हो कि।

  3. कवि ढकालजीको रचनाले
    कवि ढकालजीको रचनाले आक्रोशभित्र बाटै सिर्जना खोजेको छ जसरी
    -रामविक्रम थापाका यी पंक्तिले भिन्न संसार विचरण गराउन खोजेका छन्

    ओठबाट मेरो हाँसो अन्तै गयो अचेल
    तिमी यति धेरै हाँस्नु रुनलाई पो हो कि।

    संसारको सार पहिल्याउने काम आजका रचनाले गरून् यही चाहना र कामना THANKS.

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *