Skip to content

मेरो राजधानी ( लघुकथा )


सीमा नै थिएन ममा खुसीको । किनकि धेरै बर्षको मेरो सपना पूरा भएको थियो ।

भर्खर रातिको ८ बज्दै थियो । मलाई भने आफूलाई नै समाल्न गार्हो भै राखेको थियो । मनमा तछाड मछाड तरङ्गहरू यु.के.को जीवनशैली कस्तो होला भनेर घमासान लडिरहेका थिए । मेरो आडैको सिटमा बस्ने महिला साथीको आवाज आएर म झस्किएँ- “तपाई कहाँबाट, काठमाडौँबाट हो ?”

म दङ्ग परें । अनि मुसुक्क हासेर भनें -“कसरी थाहा पाउनु भो, हो म काठमाडौँबाटै हो ।”

उनले झटारो फालिन् ” तपाईंले मुखले नभने पनि तपाइको शरीरको गन्धले नै भनिहाल्छ नि, तपाई काठमाडौँ को हो भनेर ।”

म नतमस्तक भए । लाजले टाउको नुगाएँ, अनि सोचें- धन्य छ मेरो राजधानी मैले आफ्नो ठेगाना समेत मुखले बताउन पर्दैन मेरो परिचयमा।

मेरा सबै सपना र उमङ्ग सेलाई सकेका थिए तथापि मैले भित्र-भित्रै अठोट गरिसकेको थिएँ । धेरै पढेर स्वदेशमै फर्की म मेरो राजधानीको परिचय फेराउने छु ।

5 thoughts on “मेरो राजधानी ( लघुकथा )”

  1. धन्यवाद,भाई तपाइँलाई र बधाई
    धन्यवाद,भाई तपाइँलाई र बधाई पनि

    धन्यवाद,भाई तपाइँलाई र बधाई पनि। तपाइँको लुकथाले देश भक्ति र राष्ट्रप्रेम अनि सरसफाई गर्ने संस्थालाई मिठोसँग व्याङ्ग्य प्रहार गर्न सफल भएको देखिन्छ । यस्तै अरु धेरै लघुकथाहरु पढ्ने औसर पाउने आशा राख्दछु ।

    मझेरीको नियमित पाठक:
    गोर्खेसाइँलो।

  2. Samasya sabai lai tapai
    Samasya sabai lai tapai jastai ho mitra. Rajdhani ma basda chinidaina ani Muluk bahir gayepa6i matra yesko maya lagne na ho. Yehi chhadai chine Badalne prayas hunthyo ki?
    Tara tapai lai Shuvkamana chha Rajdhani ko Parichaya ferna sahayog garnuhola. BoL

  3. अन्त्य चाहिं राम्रो गर्नुभो।
    अन्त्य चाहिं राम्रो गर्नुभो। पोजिटिभ अन्त्य । सन्देशात्मक छ ।

Leave a Reply to gorkhesailo Cancel reply

Your email address will not be published. Required fields are marked *