Skip to content

हार र जीतको खेल

  • by


हार जीतको खेल अब खेल्नु पनि छैन,
अरुलाई लडाएर उठ्नु पनि छैन ।

आफ्नो बाटो हिड्दा किन अरुलाई छेक्नु,
आफू खुसि हुन किन अरुलाई रेट्नु ।

रगतको भेल सित वग्नु पनि छैन ,
आफ्नो माटो बिर्सिएर बाँच्नु पनि छैन ।

तेरो, मेरो लुछाचुडी अझ कति गर्नु ,
आफन्तलाई रुवाएर अझ कति हाँस्नु ।

अरुलाई लडाएर उठ्नु पनि छैन
हार जीतको खेल अब खेल्नु पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *