ससुराली नभई कन साली साली भन्छ काले
एक नजर के हेरेथी ताली ताली भन्छ काले
आफु जस्तो अरुलाई नि उस्तै उस्तै ठान्छ
देख्नु छैन अँधेरोमा काली काली भन्छ काले
ढुकी ढुकी चौबाटोमा केटी जिस्काई हिँड्छ
जान्नु छैन आनी बानी जाली जाली भन्छ काले
ढंग छैन तीन पैसाको बोल्न जान्नु छैन
कहीं कुरा भन्नु पर्यो खाली खाली भन्छ काले
सम्वन्ध द्वैमासिक साहित्यिक पत्रिका/ बर्ष एक, अंक चार
