घुर्क्याई घुर्क्याई माया पस्कने बानी क्या मजाको ।
भर्खर भर्खर फक्रिएको जवानी क्या मजाको ।
तिमी रिसाए मैले अझै बढी माया गर्नु पर्ने
रिसको साटो माया पाउने लगानी क्या मजाको ।
तिम्रो मुहार चन्द्र रुपी दन्त लहर हिउँ झैँ
मध्यरातमा तिम्रै बारे सम्झानी क्या मजाको ।
सधै छाडी जान्छु भन्दै मलाई तर्साई तर्साई
आखिर प्रेम बढाउने भुक्तानी क्या मजाको ।
के हुन्छ कहाँ हुन्छ कसरी हुन्छ भनुँ म कसरी
उत्तरबिहिन प्रश्नको कहानी क्या मजाको।

साच्चै राम्रो छ बिजय जी
साच्चै राम्रो छ बिजय जी गजल,,,.।
जो कोही को पनि सजिलै मन छूने ।
Very nice.
यो गजल क्या मजाको।
Very nice.
यो गजल क्या मजाको।