साता बित्यो अझै पनि दर्किंदैछ झरी बरै
निर्धो रुँझ्दा झरी पनि हाँस्छ दंग परी बरै
भोको पेट भोकै राखी कसेकै हो त्यो पटुकी
शिरमाथि पहिरो खस्दा बाँच्नु कसरी बरै ?
मिलेर ल्याएको गणतन्त्र तन्नेरी भै’सक्यो
निमुखालाई होच्याई नेताको मनपरी बरै
अन्धकारको ज्योति शिक्षा कहिंले पुग्ने गाउँ
के शोभा शिक्षकबिना हाँस्दा पाटी खरी बरै?
गरीबको संग्लो मन रुन्छ कठै कुँडिएर
अन्धकार सारा जीवन बित्छ के गरी बरै?

i like ur gajal thanks Gita G
i like ur gajal thanks Gita G .