हेर्दा हेर्दै कोपिला ती फूल बनी झरिसके
साथहरू खोज्दा खोज्दै आशहरू मरिसके
जीवनको एउटा पाटो प्रतिक्षामै बितिगयो
बाँच भनी ढाडस दिने आँटहरू टरिसके
कल्पनामा हराउँदा विपना नै सपना भो
सम्भावना छरपस्ट कता कता छरिसके
बैशाखीको सहाराले नदी तर्न गाह्रो भयो
डुङ्गा खोज्दा ढुङ्गा मिल्यो अरूहरू तरिसके
सोझोबाटो नागबेली सडक झैं लाग्न थाल्यो
इमानदार ‘टेकेन्द्र’लाई बेइमानमा दरिसके
ज्यामिरे-८, खोटाङ
हालः बिराटनगर, मोरङ
