मानव वस्ती देखि केहीपर


मानव वस्ती देखि केहीपर राखिँएका
माहुरीका घारलाई नियाल्दै!

उत्तरबाट दक्षिण तर्फ बहेको
तातो बतास अनौठो संकेत्
बोकेर सेती सुसाएझैं सुस्त
सुस्त सुसाइरहेको भान हुन्छ

जस्ले मह काड्छ उसैले हात
चाट्छ भन्ने अख्यानलाई
साँचो सावित गरेर छाड्ने सोचले
तम्सिएका एकहुल मानव हातमा
रापिएका आगोका राका बोकेर
कुहिरीमण्डल धुवाँका मुस्ला सहित
लरको छुट्छन्!

आफ्नो वस्तीबाट केहिपर पहेंलै
भएर फुलेका तोरी फाँटतर्फ

अनिगिन्ती दु:ख र पीडाले आर्जेको
ती माहुरीहरुका आहारा खोस्ने लालच्मा
पापगर्न पछि नपर्ने मानवरुपी दानवले
आगो झोसेर ऐयासम्म भन्न नपाएकन
सोत्तर भएर लड्छन माहुरीहरु जसरी
युद्धको मैदानमा रक्तमुच्छेल
सिपाही लडेको भान हुन्छ त्यो दृश्यले!

अलपत्र परेर लडेका आफन्तहरुका
छेउमा बसेर मद्घत गर्नु त
परइ जाओस सोक प्रकट गर्न सम्म
नसक्ने गरि त्रहाइ माम
त्रहाइ मामले कापेको मुटु
बोकेर बाँकी बचेका माहुरीहरु
बसैं सर्न हातिरिन्छन छिटो
नगरे आफ्ना बंसजनै मासिने डरले!

तँछाड र मछाड गर्दै त्यो
अनिश्चित भविष्यको कोलाहल
पूर्ण त्रसित वातवारणलाई
फर्केर सम्म हेर्न मनाही छ,
कुइरिमण्डल धुवाँमा!

मानव बाटै मानवको अस्तिवको
चिरहरण गर्न कतिपनि
नहिच्किचाउने मावनरुपी
दानवहीन भावनाले
गाँजेको मनभित्र माया भन्ने
शब्द सेस सम्म नरहेको भान
सँगै सेती सुसाएझैं सुसाएको
बतास स्तब्ध हुन्छ!

त्यो तहस-नहस
भएर यात्रतत्र छरिएको
लाछमाथि बल हुनेले निर्मतापुर्वक
राज गरेको दृश्य देखेर!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *