Skip to content

बास्ना आएकाहरू गन्हाए…


बास्ना आएकाहरू गन्हाए, अचम्मै भो
गन्हाउनेहरू बास्ना आए, अचम्मै भो ।

बत्ति कात्नेहरू अन्कनाए, अचम्मै भो
डोरी काट्नेहरू खन्खनाए, अचम्मै भो ।

माला जोड्नेहरू खल्बलाए, अचम्मै भो
ताला फोड्नेहरू सल्बलाए, अचम्मै भो ।

झोला खुट्नेहरू भल्भलाए, अचम्मै भो
चोला थुत्नेहरू चल्बलाए, अचम्मै भो ।

कर्म खोप्नेहरू तल्बलाए, अचम्मै भो
भाला रोप्नेहरू खल्बलाए, अचम्मै भो ।

माटो भन्नेहरू नि बर्बराए, अचम्मै भो
टाटो लाग्नेहरू नै फर्फराए, अचम्मै भो ।

3 thoughts on “बास्ना आएकाहरू गन्हाए…”

  1. धेरै मन पराएपछि यस्तो रचना
    धेरै मन पराएपछि यस्तो रचना तयार भयो ।

  2. गजलको नियम पूर्ण रुपमा पालना
    गजलको नियम पूर्ण रुपमा पालना गरेको नगरेको चाहिं गजलमा दख्खल मित्रहरूलाई लेखाजोखा गर्ने जिम्मा। तर शब्दहरूको संयोजनमा चाहिं निकै सोच्नुभएको रहेछ ।

  3. टेकेन्द्रजी गजल भन्ने आधार त
    टेकेन्द्रजी गजल भन्ने आधार त यस रचनामा कतै पनि छैन
    यस्ता रचनालाई गजल मान्न चाहिँ बहसमा भाग लिएर यस खाले नियमलाई स्थापित गरे मात्र हो
    आजसम्म प्रचलनमा आएका नियमले यस खाले रचनालाई गजलमा राखेको छैन
    भन्ने कुरा अवगत गराउँछु
    अग्रजहरू हिंडेको बाटो कुन हो र कस्तो रहेछ भनेर जिज्ञासा राख्ने हो भने समाधान निकाल्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *