दोष कस्लाई दिने ?

SumanManjari


चाहेर पनि
नचाहे जस्तै,
देखेरै पनि
नदेखे जस्तो,
आफ्नै मन मारेर
पल पल जिउँदै

अनि,
पल पलमा मर्दै
रहरका कुरा त खै के गर्नु र?
मेरा रहर,

अनि, सपनाहरू
छरपस्ट पारेर
धेरै पहिले नै छरिसकेको छु
त्यो खाली चौर भरी
एक मुठी निला फूलहरूको साथमा !
दोष कस्लाई दिने ?

तिमीलाई
कि,
मलाई
या यो समयलाई
जस्ले पटक्कै बुझ्दैन
वा,
बुझ्न चाहँदैन
कि,
बुझेर पनि अबुझ बन्छ?
तिम्रो रहर
मेरो सपना
अनी,
हाम्रो भविष्य !!

दाङ्सिङ, नुवाकोट, हालः काठमाडौँ ।
saru-smallriver.blogspot.com/
Saturday, September 25, 2010 बाट साभार गरिएको ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “दोष कस्लाई दिने ?”

  1. ठिकै छ, भविष्यमा अझ राम्रो
    ठिकै छ, भविष्यमा अझ राम्रो श्रीजना गर्नुहुनेछ भन्ने आशा गरौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *