Skip to content


दिनभरिको थकान मेट्न पिएकै हो हजुर
पसिनाको फल पनि लिएकै हो हजुर

परिवारमा रुवाबासी रित्तो आकाश धर्ती
लाज छोप्ने एउटा टालो सिएकै हो हजुर

कस्तो दुखी कर्म लिई जन्मिएछ यहाँ
संगालेको माया सबलाई दिएकै हो हजुर

घाम डुब्यो, बत्ति छैन, अन्धकार सबै
हिजो मात्रै किनेको मैन खिएकै हो हजुर

पैतालामा रगत धारा हातमा फुस्रो माटो
संघर्षशील जीवन मैले जिएकै हो हजुर

बागेश्वरी गजल अङ्क २०६२, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *