तिमीहरुको देश पनि अफ्रिका होलानी

आफ्नो देश भन्दा बाहिर गएपछि थाहा हुदोरहेछ देशको माया कति लाग्छ भनेर ।’मुटुभरि गाउँघरको माया साँचेर घरपरिवारहरुको लागि अभाव खट्किनु भन्दा अगावै खर्चवर्चको जोहो, बिदेश बसेर कमाउँनेहरुको कर्तब्य र जिम्मेवारी हो।”किनकी अहिले नेपालमा बसेर जिविकापार्जन गर्न सक्ने स्थिती मज्वुत छैन। हात बाँधि नबस्ने जोस् जाँगरका साथ काम गर्न चाहाने धेरै छन्। “तर गरेका सानातिना पेसा पनि फस्टाउँन सकेका छैनन्।”बन्द हड्तालले गर्दा दिनभरी दोबाटोरुँघेर बस्यो प्रतिफल भने हातमा लाग्यो सुन्नानै भएको गुनासो चारैतिरबाट सुन्न पाईन्छ।

त्यसैले पनि आफ्नो आवस्यकता भन्दा पनि परिवारहरुको आवस्यकतातिरै बेसी ध्यान क्रेन्द्रत हुनेगर्छ,बिदेशमा बसेर काम गर्ने जोकोहीलाई पनि ।सायद त्यो स्वाभाविकनै हो/ ‘धेरै दिन अघि देखि कपाल काट्छु भनेर सोच्दा-सोच्दै पनि समयको अभावले गर्दा कपाल काट्ने ठाउँसम्म जाने फुर्सत निकाल्न सकेकी थिइन्।हिजो सँगै काम गर्ने साथीले कपाल काट्न जाने होईन?भनेर कुरा निकालिन। म केहिछिन घोरिएँ र उत्तर दिएँ/ खै कुन समयमा खुल्ने हो?अनि उनले भनिन अहिले खाना-खान आउँदा भएको फुर्सतमा जानेनी त हामी दुबै गएर बुझेर आउने /उनीले मतिर हेरेर मेरो राय बुझिन/मैले पनि एकछिन् यसो सोचे कपाल पनि बाक्लो भएर फोहर जस्तो देखिएको छ, ल ल हिँड न त हिँड भनेर म अगाडि लागें।

भान्छा घरबाट केही दुरिमा रहेको कपाल काट्ने ठाउँमा पुगिँयो/ र बन्द ढोका बाहिर बाट ढकढक्याइयो/ भित्रबाट मान्छे भएको संकेत आयो र हामीलाई भित्र पस्न अनुमती दीइयो ।’ त्यसपछि म र, मेरी साथी भित्र पसिम्। कपाल काट्ने महिलाले हामीलाई सोध्छिन् केको लागि आउँनु भएको भनेर/ अनि उनीलाई म हामी त्यहा जानुको कारण ब्यक्त गर्छु।त्यसपछि म र, मेरी साथी त्यहाबाट आजको लागि समय पक्का गरेर बाहिरिन्छौं।र,आफ्नै काममा फर्किन्छौं। त्यहा पुगेर(manager)लाई आजको लागि हामीलाई एकघण्टा खाली समय उपलब्ध गराईदिनका लागि अनुरोध गर्छौ। (manager)ले पनि ( ok ok no problem) भनेपछि मन दुक्क हुन्छ/ त्यसपछि हामी काम्मै ब्यस्त रहन्छौं। काम सकेंपछि भने बाँकी समय कोठामा कम्प्युटरछेउमा बसेर समाचार पढ्ने (अथवा)कथा कविता फुर्दा गाउँघरको सम्झनामा लेखेर बस्ने गर्छु म। सधैंभरि मेरो दिनचार्य त्यसरी बित्ने गर्छ।

दिनरातमा परिणत हुँदै जाने क्रममा बिस्तारामा गएर निदाउँने कोसिसमा कोठाको भित्तावरिपरि आँखालाई डुलाउँनै पर्छ, हरेकरात देश र आफ्ना आफन्तहरुका सम्झनामा। त्यसपछि बिहानको घाम झुल्कनु अगावै उठेर दाँत माझ्ने नुहाउँने कामसकेपछि बुडाबुडीलाई खाजा खुवाउँन भान्छातिर लग्यो। औषधी दियो बिछ्यौनाको तन्ना फेरिदियो बस काम ता खासै छैन। फेरी हामी किबुजमा काम गर्ने भएकोले सुविधानै छ। साह्रै गुनासो गर्नु पर्दैन। उहाँ पहाडमा आमाहरुलाई उदाएचाल देखि अस्ताएचालसम्म पिठ्यौमा डोको थाप्लोमा नाम्लोले छोड्दैन “रैपनि ओठमा (लालीगुराँस) मुस्कुराएँ झै केहिछिनलाई भोकतिर्खा भूल्ने गरि मुसुक्क हाँसीदिन्थेंएँ।त्यही आमाहरुको दु:खमा फुलेको हाँसो सम्झिदै स्वर्ग छ भन्दै रमाउँने बानि बसालेकी छु मैले।”

तर मनलाई जति बुझाएँ पनि आफ्नै देशमा केही गर्न सकेको भएँ……? भन्ने चिन्ताले हरहमेसै चिथोर्थ्यो मलाई।” फेरी आज ती कपाल काट्ने महिलाका कुरा सुनेर झनैबेसी मन पोलो। आज बिहान थोरै काम गर्दागर्दै उनले दिएको समय भन्दा अलिकती ढिला हुनपुग्यो। उनी रिसले फन्फनिँदै फोन गर्नका लागि नम्बर थिच्दै थीइन्।हामी टुप्लुक्कै ढोकामा आएको संकेत गर्दै भित्र पस्यौं। एकछिन् त उनी (टू लेट …….)भनेर तिनै शब्दहरु दोहोर्याइरहिन अनि मैले भने तिमीलाई थाहा छनी ?

हामी काम गर्ने मान्छे हौं?अरुले तोकेको समयमा हिँड्नु पर्छ।

तिमीलाई कुराउँने हाम्रो मनसाय होईन त्यसका लागि (iam so sorry) अनि उनले ओके ओके भन्दै कपालको लट्टा फुटाउँने काइयो हातमा थमाउँदै बस्नको लागि नजिकैको कुर्सी देखाइन। म त्यहानै बसे मेरी साथी केही परको कुर्सिमा उनको कपाल काट्ने पालोको प्रतिक्षामा बसिँन । “मलाई कपाल काट्नु भन्दा पहिला नुहाउँनका लागि बोलाइन ती महिलाले म त्यहा गएँ। उनले पानीको धारो खोलेर मेरो कपाल भिजाएर हातमा शम्पू लिएर मेरो कपाल नुहाइदिन थालिन म भने केहिबेर आफु सानो छँदा आमाले नुहाइदिएको सम्झनामा भित्र-भित्रै पुलकित भएँ।

नुहाउँने काम सकेर उनले पहिला बसेकै कुर्सिमा बस्न भनिन म त्यहानै गएर बसे।” त्यसपछि उनले कपाल काट्न सुरुगरिन।

“र मेरो नाम सोधिन मैले आफ्नो नाम बताएँ/” घरपरिवारका वारेमा सोधिन मैले बताएँ/” कुन ठाउँबाट भनेर सोधिन मैले भने नेपाल । मेरो कुरापछि उनले भनिन मत नेपाल गएकी छुईन तर मेरा धेरै साथीहरु नेपाल गएका छन् ।

त्यसपछि उनीले उनको देशमा आउँनुको कारण सहित उद्देस्य सोधिन/ मैले भने हाम्रो देशमा अहिले राम्रो अवस्था नभएर केही बर्षलाई रोजगारको लागि हामी यहाँ आएका हौं। कपाल काट्ने महिला र मेरो कुरा सकिँदा-नसकिँदै एकजना बुढी महिलाको प्रबेश हुन्छ/ सायद उनीपनि कपाल काट्नको लागि आएकी थिइन्। कपाल काट्ने महिलासँग बुढी महिलाले आफ्नै भाषाबाट सोधिन यनीहरु काहाँ बाट आएका/कपाल काट्ने महिलाले ती बुढी महीलालाई भनिन नेपाली रहेछन्। अनि ती बुढी महिलाले पनि आफु धेरै बर्ष पहिला आफ्नो (university )सकेंर नेपाल घुम्न गएको थिएँ/ त्यसबेला उनीले पनि नेपाल धेरै राम्रो लागेको कुरा बताइन। मैले पनि थपे हो धेरै राम्रो छ हाम्रो नेपाल । अनि त्यतिनै भलाकुसरी पछि ती बुढी महिला बाहिरिँन।

ती कपाल काट्ने महिलाले भने फेरी मलाई सोधिन!”तेती राम्रो देश छाडेर किन तिमीहरु यहाँ आएको? उनको जिज्ञासा मेटाउन मलाई करैलाग्यो मैले भने सबै थोक राम्रो छ/ “तर मात्रै छैन रोजगार र परिश्रम अनुसारको पैसा त्यसैले।

अनि उनले सोधिन तिमीहरुको सरकारले केही गर्दैनँ?

तिमीहरु सबै जनाले मिलेर भन्न सक्दैनौं?

राम्रो सँग सम्झाउँदा त सरकारले मान्छ होला?

“तर रगत बगाउँने काम चाँही गर्नु हुदैनँ /आफ्नै देशमा परिश्रम गरेर मानव हक र अधिकारका लागि आवाज उठाउँनु पर्छ?कति भागेर हिँड्ने अरुले पस्किएको भाँत खानालाई? आफ्नो तेति राम्रो देश छोडेर कतिदिन तिमीहरु बाहिर बस्ने? अरुको देशमा/ तिमीहरुको देशमा कति धेरै पर्यटक जान्छन् कसरी तिमीहरुको देश गरिव भयो?म बिश्वाशै गर्न सक्दिनँ/अहिले तिमी यहाँ आयौ” पछि तिम्रो जस्तै बानि आउँदो पिडीहरुको पनि बस्छ? अनि के गर्ने अरुको देशमा बसेर पैसा कमाएर आफ्नो देशमा सबै मिलेर शान्ति सुरक्षा कायम गर्न सक्दैनौँ भने? तिमीलाई थाहा छ अफ्रिकाको हालत? तिम्रो देश पनि (अफ्रिका) होलानी? त्यो शब्दले मेरो मुटु छिया-छिया पार्यो /लाग्यो अहिलेनै नेपाल फर्किएर जाउँ/तर तातै खाउँ जल्दी मरौं पनि त गर्नु भएनँ। अनी अन्तिममा उनलाई मैले भने अबस्य मेरो सोच पनि मेरो देशलाई आफुले सकेको सयोग गर्ने हो । अझै तिमीले सम्झाइदियौ,त्यसका लागि धन्यवाद! म तिमीले भनेका शब्दलाई कहिल्यै पनि भुल्ने छुईन/ भनेर मेरो साथी र म कपाल काटिसकेर बाहिरिन्छौं!

समाप्त

– गीता थापा (दोषी)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “तिमीहरुको देश पनि अफ्रिका होलानी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *