पराइको माया भन्दा घरायसी कल मिठो
काचो र कट्मेरो आफ्नै खेतको फल मिठो
भो कुरा नगरौ ब्रम्हापुत्र र मिसिसिपीको
दुर्गन्धित नै भए पनि बागमतीको जल मिठो
पार्टी वर्ग राजनीति बर्षौदेखि भोगिरा’छौ
लाग्यो मलाई सबैभन्दा साहित्यिक दल मिठो
धेरै पल्ट थुनिय अरुण तेस्रो र मेलम्चीहरू
पानी नआउने धारै कोक्यायो बरु बर्षाकै भल मिठो
देश अब राजनीतिक प्रयोगशाला बन्नु हुन्न
हतियारको खेतीभन्दा पाखुरी कै बल मिठो

हतियारको खेतीभन्दा पाखुरी कै
हतियारको खेतीभन्दा पाखुरी कै बल मिठो I like it …..