Skip to content


जाग जाग हे युवा हो
नेपाल आमाको आशीर्वाद छ
यो देशमा परिवर्तन ल्याउने कोसिस गर
हाम्रो शुभकामना छ
देशमा अशान्तिको बिउ रोपिएको छ
यसलाई जरादेखि उखालेर फ्याँक्नुछ
हत्या हिंसा बढिरहेको छ यहाँ
यसबाट नेपालीलाई मुक्ति दिनुछ
धेरै विधुवा अनि टुहुरा भएका छन्
उनीहरूलाई बाँच्ने आधार दिनु छ
असत्य भ्रष्टचारी को राज छ यहाँ
सत्यको विजय गराउनु छ
भाइ भाइ विचको झगडा रोकी
अनि सुन्दर नेपाल बनाउनु छ
अशान्तिमा बाँच्ने बानी परेका नेपालीलाई
फेरि शान्तिप्रिय नेपाली बनाउनु छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *