Skip to content

बाँकी खुशी समेट्नु छ


जीवन भन्नु नै रँग मंच हो
जहाँ हामी हामी अभिनय गर्छौ
कहिले हाँसोमा हराइ त
कहिले आँशुमा डुबेर
जुन रुपमा भए पनि
जीवनलाई स्वीकार्नै पर्छ
सजिलो जीवनको अन्त्य हैन
अझै कति उल्झनलाई सुल्झाउनु छ
पाएको घातलाई हतियार बनाई
कयौं परिस्थितिको सामना गर्नु नै छ
आँशुको सागरबाट डुबुल्की मार्दै
आखिर किनारा भेट्नु नै छ
यौटा सपना टुटे पनि
कयौं सपना साकार पार्नु छ
लक्ष्य तर्फ पहिल्याउँदै बाटो
बाँकी खुशी समेट्नु नै छ
आफ्नो खुशी भन्दा नि अब
अरूको खुशीमा पनि बाँच्नु छ
आफूभित्रको पीडालाई लुकाएर
जीवनमा आखिर हाँस्नु नै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *