मुलाहिजाका दुई/चार ध्येय
अदाच्छे भण्डारणको एकै स्वार्थ
संवेदनहिन मेसिन झैँ
खिया लागेका पाटपुर्जाकै रुपमा
आज मान्छे विकसित र उन्नत
श्रेष्ठताको अनुपम बसाइ
खुल्ला चोकको गगांलाल श्रेष्ठ ।
अजब छ यो मानव
तिर्खा छ तृष्णा छ
एकलब्य छ भगीरथ छ
उही आफ्नै धुनमा
उही दुर्गम अभिलाषाको जिजीविषामा
यो कस्तो मान्छे
उसँग छ
दुरुह दिदृक्षा
दुस्तर चाहा
द्रवित उदय
निष्कण्टक नृष्ठा
अनि प्रारब्धको विजीगिषा
आज घृणा छ म मान्छे मािथ
मेरो हुज्जती मािथ
मेरो मान्छेको सनक मािथ
मेरो आयुशेष मािथ
मेरो दुसाध स्वार्थ माथि
आज मैले देखेँ
ती अदना पथराहरूको जीवन
जो स्वास फेरिरहेछन
जो अझै ललकार्दै छन्
अन्धकार इतिहासको अभियन्ताहरूलाई
धत् ! म त के मान्छे
अब बल्ल मान्छे बन्नुपरेको छ
अभिनव जीवन
मान्छे भएको जीवन
अलबत्ता अवसादले चिथोरेको नवमानव
धरतीको सात अरबको प्यास मेट्ने
श्रमधारा अमृतप्याला बोकेको
मसाल बोकी उज्याले छर्ने
मानवीय श्रेष्ठताको उच्च मुल्य भएको किम्मती
मान्छे भएको नवमानव …
२०६५ साल
