बेलैमा सचेत नभएँ

बेलैमा सचेत नभएँ!नत्रपछि थाप्लोमा हात लगाएर रुनसिवाए कुनै बिकल्प हुदैन् हाम्रो अगाडि।

पैसा र मानपद्ववीलाई मात्रै महत्त्व राख्ने यो अन्धो जमातलाई आरोप-प्रत्यारोप लगाई अल्ल-मल्ल पर्दा आजको यो कोलाहल प्रदुषित वातावरणले हामी सम्पुर्ण मानिस जातिकै बिनास हुदैन भनेर निश्चिन्त भएर बस्ने भुल नभएर अरु के होला त ?” मानिसले मानिसका बाहिरी रुपमा देखापर्ने आचारण स्भाव र गरिव धनी गाउँ सहर अनुसार ठुलो सानो पाखे सहरियाको समुहमा विभाजन गर्ला/”तर प्रदुषित वातावरणले निम्त्याउने बिनाशले भने मानिसलाई कुनै जाति धर्म र लिङ्गका आधारमा भिन्न देख्दैन/ “र बिभाजन गर्नतिर लाग्दैन/ एउटै हाँगाको फूल भुइँमा झारेसरि प्राकृति-प्रकोपले मानिसहरुको बंशजनै सोत्तर पार्न केबेर ?

आफुले आर्जेको ज्ञान रोपेर उमार्नका लागि आफ्नै भाषा आफ्नै भेष र आफ्नै देश चाहिन्छ?”त्यसैले आजको यो प्रस्थिती र दिननुदिन बिग्रिदो प्रदुषित वातावरणले गर्दा चिन्तित नहुने कमै मानिस होलान्?”बाध्यतालाई अँगालेर आफ्नो जन्मभूमी छोडेर हिडेका हुन वा, शिक्षा हासिल गर्न जन्मभूमी देखि टाढिएका हुन् वा, नेपालमै रहेका सर्वसाधारण बुद्धिजिबी,बैज्ञानिक प्रोफेसर साधु सन्त महन्त जो कोही हुन/ जुन बर्गका मानिस हुन/कथा र ब्यथा आ-आफ्नै किसिमका हुनसक्लान/ “तर ती सबैको लक्ष्य भने सक्षम मानिस बन्नु नै हो।

एकदिन एकगाँस जुठो भात दिएको जनावरले त त्यो घरको दैंलो रुंघ्न छाड्दैन भने!”मानिसभित्र त गहिरो चिन्तन,गहिरो सोच, गर्न सक्ने क्षमता र चेतना छ।मानिसलाई भलो कुभलो राम्रो, नराम्रो ,हित,अहित, यी यस्ता यावत कुराको ज्ञात छ ।”त्यसैले त मानिस (अर्थात) मानव अरु प्राणीहरुको दाँजोमा सयौं गुणामाथि उच्च कोटिको मानिन्छ?”

के! माया देखाउन हामीले आफ्नो सिप र ज्ञान बुद्धिले भ्याउन सक्ने प्रयास आफ्नो जन्मभूमीको लागि भनेर गरेका छौं ?की सकेंर पनि रमिते बनेर बसेका ता छौइनौं? के यो प्रश्न हामीले आफैले आफैलाई कहिले गरेकाछौं ?”

त्यहि नगरेकाकै कारणले होला हिजोआज मानिस -मानिसकै मित्रु भन्दा पनि शत्रु बेसी मानिन्छ?यस्तो हुनुको मुख्य कारण हामी भित्र उम्रिएको नकारात्मक सोच्को कारणले त होईन?मानिस चेतन्शील भएर नै हो पृथ्वीमा उत्पत्ती भएका पशुपंक्षि र जिवजन्तु ती सबै मध्य मानिसलाई सुख सुविधाको उपभोग्य साधनहरुमा बेसी मोहो र लगाव भएको।”

किनकी मानिसको जीवन रहुन्जेलसम्म मानिस सुखको दाश भएर सुखप्रती लोभ र मोहो गर्छ!”

के हामीले सुखको कम चहाना अलिकती दु:खको अपेक्षा राख्ने प्रयास गर्न सक्दैनौं?”

अबस्य सक्छौं। भौतिक सुख सुबिधाबाट बाहिर आउन सक्छौं।” तर मनै देखि कोसिस गर्दै-गर्दैनौं ।”फेरी हामी आफ्नो सुख र सुबिधा अरुलाई बाँड्न चहादैनौं/ आफैं-खाउ आफैं-लाउ सब सुख सयल म आफै गरौं/ यही हो बिकासको बाधक कटुसत्य। के दुई/चार जना सक्षम भएका बर्गले सुख सुबिधालाई उपभोग गर्न सफल हुदैमा! सोचेर चाहेको जस्तो शिक्षित र शान्ति मानिसहरुको सञ्जाल बन्छ त?”अबस्य बन्दैन, त्यसका लागि त किसान मजदुर डाक्टर प्रोफेसर इन्जिनियर सिकर्मी डकर्मी उध्यमी,सबैले मान्छेको स्थानमा उभिएर मेलमिलापको भावना राखी एकै थलोमा जुट्नुपर्ने आजको माग हो ।”

सबै एउटै थलोमा बिना संकोच अँटाउन सक्दा मात्रै सोचे र खोजे जस्तो हाम्रो नेपाल अबस्य बन्छ।” देश हाक्ने नेता र बुद्धिजिबी,कार्यकर्ता हरुले शद्धआचारण बोकेर सर्वसाधारणहरुलाई पनि आत्मनिर्भर बनाउने उपायको खोजिमा चिन्तन गर्नु हामी सबैको उत्तिकै दायित्व र कर्तब्य हो भन्ने कुरालाई गहिरिएर सोच्नु पर्छ।” अनि मात्रै मानिस -मानिस बीचमा सत्रु कम मित्र ज्यादा हुनेछ।”

देश हाक्नेहरु सँग धेरै भरोसा गरेर पुलकित हुने ठाउँ छैन। तिनीहरुबाट हामी जनताले चाहेको जस्तो सक्षमता छैन र,दरिलो बिश्वाश गर्ने सकिँदैंन/”त्यो विश्वाश उनिहरुले जनता समक्ष जन्माउन सकेनन (अथवा) जन्माउन नचाहेका हुन्? यो बडो दु:खलाग्दो कुरा हो। “उनिहरुमा आफ्ना लागि सुख सुविधा भोग्नुँ वाहेक, जनताले चाहेको सुब्यवस्था कायम गरेर जनता भनेका सन्तानहुन हामी तिन्का भाग्य बिधाता कसरी बन्ने भनेर…….(कुर्सीको चिन्ता छोडेर) गहिरो चिन्तनमा डुब्न,सक्ने क्षमता छैन्/

“तर हामीले हरेसखाइ हाल्नुपर्ने पनि छैन/ आजका युवाहरुलाई राम्रो स्याहार संहार उचित शिक्षा र हेरबीचारमा ध्यान पुर्याउन घर घरबाट अभिभावकको होसियार र आजको थोरै यस्ता खाले नियमित अभ्यासले भोलीको सुन्दर भविष्यको कल्पनामा ढुक्क र सन्तुष्टि भई गौरव गर्न प्रसस्तै सुलभ-मार्ग भेट्न सकिन्छ।हामी सबै बर्गको प्रयासले समाजमा रहेको कुरीति र कुसंस्कारलाई निर्मूल पार्नु मद्घत अबस्य पुग्छ।”

आफैं-खाउ आफैं-लाउ सब सुख सयल म आफै गरौं भन्नेतिर ध्यान केन्द्रित गर्ने होइनकी हामीले हामी भित्र लुकेर बसेको सकारात्मक सोचलाई यदि जगाउनु सकें?”

” अस्तु
गीता थापा (दोषी)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *