Skip to content

शायद भाग्य लेख्ने मसी कालो परेंछ


शायद भाग्य लेख्ने मसी कालो परेछ
लज्जा छोप्न मागेको त टालो परेछ

मिल्ने भए फेर्थे बरु भाग्यलाई पनि
फेर्नै भनी खोजेको त जालो परेछ

दर्ह्यो भाग्य हुनेलाई हाँसो र खुशी
मेरो भागमा बेखुशीको पालो परेछ

सृष्टिको सुन्दर उप’हार रे जीवन
आफ्नो भने दुख्ने घाऊ आलो परेछ

गीता थापा (दोषी)

9 thoughts on “शायद भाग्य लेख्ने मसी कालो परेंछ”

    1. गजल पढेर प्रतिकृया दिनुभएकोमा
      गजल पढेर प्रतिकृया दिनुभएकोमा प्रेम जीलाई, हृदय देखिनै हार्दिक आभर सहित धन्यवाद ब्यक्त गर्दछु।

  1. गीता थापाजीको गजल पढ्दापढ्दै
    गीता थापाजीको गजल पढ्दापढ्दै धीत नमरीकनै गजल सकिएछ
    मलाई त अरू हरफको पनि स्वाद लिनुथियो
    तर
    त्यो अवस्था पाठकैपिच्छे प्राप्त हुन नसक्नु अस्वभाविक हैन
    जे होस मन छुने खालको निराशावादी भावमय गजल
    यसमै सूक्ष्म आशावादी भाव छ
    भाग्य!!!
    भाग्य!!!
    भाग्य!!!
    भाग्य!!!
    भाग्य!!!
    थुप्रै भाग्यहरूमा हामीहरू अलमलिएका छौँ ! भाग्यको भर नपर्नेहरूले विकासका ठूल्ठूला जंघार तरिसके हामी भने भाग्यको पूच्छर समाएर त्यसकै पछि छौँ र पो पछि छौँ ! भावनामा भाग्य वारेको भावना आउनु स्वभाविक हो ! किनकि हामीलाई यही र यस्तै पाठ र संस्कार घर परिवार र समाजले सिकाएको छ!
    भाग्यका भक्तहरू जस भए पनि अबजस भए पनि भाग्यलाई सर्वैसर्वा ठान्छन्! तिनीहरूमा भएको मौलिकतामा गर्व गर्ने ठाउँ हुन्न किनभने त्यो सब भाग्यले गर्दा भको ठानेको ठहर्छ! वास्तविक संसार अलिक भिन्नै छ त्यसमा WE ALL ARE ALL IN ALL!!
    जापानीहरू भाग्य!!!
    वारे कस्तो मत छ
    ! मित्रहरूवाट बुझ्न पाए

    1. आदरणीय नन्दलाल जी
      आदरणीय नन्दलाल जी नमस्ते!
      मेरो गजल पढेर प्रतिकृया दिनु भएकोमा औधी खुशी लाग्यो,त्यसका लागि हार्दिक आभर सहित धन्यवाद यहाँलाई। बिशेष त भाग्यमा भर पर्ने हामी नेपाली चेली मात्रै हौं,की जस्तो लाग्छ।
      जस्ले छोराको दाँजोमा कम माया-ममता पाएर जन्म घर देखिनै हुर्किएका हुन्छौं।
      त्यसैले होला?आज परिश्रममा बिश्वाश गरेपनि ती हिजो भोग्दै आएको कुराले निराशातिर कहीले काही पुर्याउदा भाग्य भन्ने सब्दमा गएर आफ्नो मनको तितो अनुभूती पोख्न पुगिँदो रहेछ।
      हस त आउँदो दिनहरुमा पनि हजुरको सल्लाह र सुझावको अपेक्षा राख्दछु, धन्यवाद!

  2. मझेरीका अतिथिज्यू हजुर,
    मझेरीका अतिथिज्यू हजुर, एकखाले विचार राखेको हुँ
    सायद अतिथि
    गीताज्यू नै पर्नु भो क्यार
    चेलीहरूले पीडा भोग्नुपरेको तीतो यथार्थ हाम्रा सामु छ
    मनको बह शब्दमा रूपान्तरण भएको कुरा पनि मैले बुझेँ
    मलाई गजलले मज्जाले छोयो र अरू अरू पढ्न रूचाएको हुँ
    म पनि यदाकदा लेख्ने गर्छु तर आफैलाई मन पर्दैन
    पाठक हुन सहज छ
    चेलीको बेथा म तपाईँ चेलीलाई नै सुनाउँदै छु
    म पनि चेलीबाट पिरोलिएको मान्छे परेँ
    मैले धेरै अघि कथा न

  3. मझेरीका अतिथिज्यू हजुर,
    मझेरीका अतिथिज्यू हजुर, एकखाले विचार राखेको हुँ
    सायद अतिथि
    गीताज्यू नै पर्नु भो क्यार
    चेलीहरूले पीडा भोग्नुपरेको तीतो यथार्थ हाम्रा सामु छ
    मनको बह शब्दमा रूपान्तरण भएको कुरा पनि मैले बुझेँ
    मलाई गजलले मज्जाले छोयो र अरू अरू पढ्न रूचाएको हुँ
    म पनि यदाकदा लेख्ने गर्छु तर आफैलाई मन पर्दैन
    पाठक हुन सहज छ
    चेलीको बेथा म तपाईँ चेलीलाई नै सुनाउँदै छु
    म पनि चेलीबाट पिरोलिएको मान्छे परेँ
    मैले धेरै अघि कथा न

    1. माफ गर्नु होला
      माफ गर्नु होला नन्दलालजी,अथिती बनेर कमेन्ट गरेकोमा। मैले मेरो नाम लेख्न छुटाएछु, धन्यवाद!

  4. ho hajur le baneko gajal
    ho hajur le baneko gajal akdam mutu ma nai paryo khushi gam bao lao kina nai eeso bayo hajur lai anyway god lai samjhinus na la c u soon …………..pardishi kanchha……from canada hummallaia.

  5. NIce Gjal…….
    aaj maile

    NIce Gjal…….

    aaj maile dherai Gajal padhe…….
    but this one is the one which i liked most..

Leave a Reply

Your email address will not be published. Required fields are marked *