भन्दछन् सबै संघारमा दशैँ आयो सुन
बिहानी बनी खुशीयाली कति छायो सुन ।
चाडबाड् भनी सबै हेर कति खुशी हुन्छन्
दु:खले दिक्क पीडित् मन्ले सुख पायो सुन ।
बसन्त फर्की रनबन कति हर्ष छर्छ
खुशीको गीत कोइलीले मीठो गायो सुन ।
मानिस बिच कोलाहल सधैं भए पनि
दशैँमा सबै भावनाले प्रीत लायो सुन ।
पराइ बनी हरबखत् बिछोड भए पनि
कोशौँ कोश् टाढा मन नजिक् धायो सुन ।
(रचना -अक्टोबर ५ /२०१०)

dhanyabaad Majheri “Happy
dhanyabaad Majheri “Happy Dashain”