“मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन । मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो । मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।”- म्याक्सिम गोर्की
अ) विषय प्रवेश ः
साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मूर्तरुप लिन र न्याय समानता र स्वतन्त्रताले भरिपूर्ण समाजको स्थापना गर्न सक्दैनन् । प्रगतिवादले मार्क्सवादी दर्शन र चिन्तनको विशिष्ट विचारधारासँग सम्बन्ध राख्दछ जुन राजनीतिमा साम्यवाद कहलाउँछ, सामाजिक एवं आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद कहलाउँछ भने त्यही साहित्यमा भने प्रगतिवाद कहलाउँछ । जीवन र जगतका वस्तु-सत्यलाई यथार्थ तवरले उद्घाटित गर्ने काम यस वादमा हुनेगर्छ । भनिन्छ प्रगतिवाद आत्मा साम्यवादमा प्रेरणा राजनैतिक अनुशासनमा र कल्पना सर्वाहाराको सत्ता प्राप्तिमा राखेर अघि बढेको हुन्छ । यसले मानवको शक्तिलाई सर्वोपरी ठान्छ । पूँजीवाद सामन्तवादजस्ता वर्गप्रति झुकाव राख्ने क्रियाकलापको घोर विरोध गर्छ र वर्गसंघर्षको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्ने अभीष्ट यस वादले लिएको हुन्छ । मूलभूतरुपमा सामाजिक यथार्थवादी दृष्टिकोण देशभित्र र बाहिरका चेतनामूलक विचारहरू शोषकलाई घृणा र शोषित वर्गप्रति हार्दिक सहानुभूति विकृति नाश गरी सकारात्मक परिवर्तनमा उग्र चिन्तन नारी हक हितप्रति सचेत ईश्वर धर्म आत्मा स्वर्ग नरकजस्ता कुराहरूप्रति वेवास्था गरेर संघर्षशील जीवनलाई उच्च कदर गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ । मूलभूतरुपमा प्रगतिवादी साहित्य मार्क्सवादी दर्शन र चिन्तनबाट प्रेरित र प्रभावित हुन्छ । समतामूलक समाजको स्थापनाको आग्रह सहित वर्गीय दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । पुराना मक्किएका विचार र नयाँ अग्रगामी चिन्तनले प्रेरित विचारका बीच द्वन्द्व हुन्छ । यो काल्पनिक आदर्श र खोक्रो नैतिकताको विपक्षमा उभिन्छ । मूल्यसहितको जीवन जिउने सोचको विकास विद्रोही एवं क्रान्तिकारी अभिव्यक्तिमा जोड र सरलतामा सलल बगेको जनबोलीको प्रयोगजस्ता पक्षलाई जोड दिई अग्रगामी आवाजलाई गुाजायमान गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ ।
सत्रौँ शताब्दीपछि जन्मिएको र विकसित भएको प्रगतिवादी साहित्यको विकासका क्रममा विश्व कम्युनिष्ट घोषणापत्र सन् १८४८ मा मार्क्स् र-एङगेल्सद्वारा जारीको जगमा उभिएर संगठित रुपमा अघि बढेको साहित्यतर्फको पहिलो संस्था चाहिँ सन् १९३५ मा फ्रान्सको प्यारिसमा पहिलो अधिवेशन भएको “प्रोग्रेसिभ राइटस्र यशोसिएसन” हो जसका पहिलो सभापति इ. एम. फोस्टर भए । भारतमा भने सन् १९३६ मा “भारतीय प्रगतिशील लेखक संघ” जन्मियो । राणा शासकहरूद्वारा गराइएको मकै-पर्व लाइब्रेरी पर्व सहिदहरू ः दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीहरूको शहादत (१९९७)ले महानन्द सापकोटा, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालजस्ता स्रष्टाहरूमा विद्रोही भाव साचार भयो । नेपालमा चाहिँ नेपाल कम्युनिष्ट पार्टी २००६को गठन भएपछि २००७ साल पछिको स्वतन्त्र परिवेशमा जग बस्दै “प्रगतिशील लेखक संघ” २००९ जन्मिएको इतिहास छ । झर्रोवादी आन्दोलन २०१३, जनसांस्कृतिक सभा २०१३, २०२८ को झापा विद्रोह, २०३६ को विद्यार्थी आन्दोलन, २०३८ मा पारिजातको नेतृत्वमा “अखिल नेपाल जनसांस्कृतिक संघ”को स्थापना, अखिल नेपाल लेखक संघ आदिले मलजल गर्दै प्रगतिवादी साहित्यिक धार अघि बढेको देखिन्छ । मार्क्सवादी चिन्तनबाट प्रभावित भई समातामूलक समाजको निर्माण गर्न चाहने स्रष्टाले आर्थिक सामाजिक राजनैतिक सांस्कृतिक आदि तवरले शोषित-पीडित वर्गप्रति सहानुभूति राख्दै आफ्नो अभिव्यक्ति दिएका हुन्छन् । प्रगति (२००७), पछि सेवा (२००८), जनयुग (२००९), जनविकास (२०१०), जनसाहित्य (२०११), साहित्यसेवा (२०१६) जस्ता पहिलेका र झिसमिसे, जनादेश, महिमा, कलम, जनआह्वान, योजना, वेदना, नयाँ कोशी, जलजला, दिशानिर्देश, प्रतिभा प्रवाह, मूल्यांकन, जनदिशा, जनविद्रोह, संकल्प, उत्साह, मधुमास, नयाँ संस्कृति, उद्बोधन, प्रतिबिम्बन, प्रबोधन, नौलो जनउभार, पृष्ठभूमि, जनाधार, पूर्वी क्षितिज, जनक्रान्तिजस्ता अहिलेका पत्रपत्रिकाहरूले प्रगतिवादी आवाजलाई वुलन्द पार्दै आएका छन् । यस्ता आन्दोलन पत्रपत्रिका र संघसंस्थाहरूका अतिरिक्त अन्य पक्षहरूले समेत प्रगतिवादलाई मूर्तरुप दिन प्रत्यक्ष परोक्ष बल प्रदान गरिरहेका छन् ।
आ) प्रगतिवादी स्रष्टाहरू ः प्रगतिवादी आवाजलाई बुलन्द गर्नेहरू महानन्द सापकोटा, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, भूपि शेरचन, धनुषचन्द्र गौतम, श्यामप्रसाद शर्मा, धर्मराज थापा, गोविन्दप्रसाद, लोहनी डी.पी. अधिकारी, भवानी घिमिरे, मदनमणि दीक्षित, आनन्ददेव भट्ट, गोविन्द भट्ट, हृदयचन्द्रिसंह प्रधान, मुक्तिनाथ तिमिल्सिना, खड्गबहादुर िसंह, मोदनाथ प्रश्रित, पारिजात, डा. ऋषिराज बराल, दौलतविक्रम विष्ट, राजेन्द्र सुवेदी, देवी गौतम, खगेन्द्र संग्रौला, रघु पन्त, रुद्र खरेल, रविलाल अधिकारी, गंगा उप्रेती, रमेश विकल, कृष्ण बम मल्ल, तारानाथ शर्मा, गीता केशरी, इस्माली, गोविन्द गिरी प्रेरणा, गणेश रसिक, गम्भीरबहादुर थापा, भवानीप्रसाद शर्मा, रामकुमार श्रेष्ठ, युद्धप्रसाद मिश्र, शान्तनु पन्त नेपाली, यज्ञप्रसाद आचार्य, बालकृष्ण पोखरेल, देवमणि ढकाल, श्यामप्रसाद अधिकारी, कृष्णप्रसाद सर्वाहारा, कृष्ण सेन “इच्छुक”, चूडामणि रेग्मी, बिन्दुप्रसाद नेपाली, पूर्णविराम, जसराज किराँती, चैतन्य घनश्याम ढकाल दिल सहानी मित्रलाल पंज्ञानी जगदीश घिमिरे युवराज संग्रौला ईश्वरचन्द्र ज्ञवाली मातृका पोखरेल शक्ति लम्साल निनु चापागाइँ डा. ताराकान्त पाण्डेय, रमेशप्रसाद भट्टराई, लीलध्वज थापा, वीरेन्द्र खुँजेली, कोषराज रेग्मी, रामप्रसाद ज्ञवाली, डा. जगदीशचन्द्र भण्डारी, डा. नन्दीश अधिकारी, नारायण ढकाल, कविताराम श्रेष्ठ, के.पी. ढकाल, हरिगोविन्द लुइँटेल, खुशीराम पाख्रिन, नेत्रलाल अभागी, अशोक सुवेदी, पुन्य कार्की, डा. गोपिन्द्र पौडेल, देवी नेपाल, पद्मावती िसंह, खेम थपलिया, अनिल पौडेल, रमेश भट्टराई, हीरामणि दुःखी, सुधा त्रिपाठी, अमर गिरी, डा. भवानीप्रसाद पाण्डे, लेखबहादुर कार्की, राममणि पोखरेल, धीरेन्द्र प्रेमर्षि, रामविक्रम थापा, डा. कृष्णराज अधिकारी, प्रभात चलाउने, राजु क्षेत्री, खुमलाल पौडेल, खेमराज खनाल, डा. गोविन्द आचार्य, डा. पशुपतिनाथ तिमल्सेना, डा. विश्नाथ भण्डारी, टीकाराम उदासी, डीजन भट्टराई, भाष्कर गोबिन्द वर्तमान, पुण्य खनाल, देवेन्द्र थुम्केली, धनप्रसाद सुवेदी श्रमिक, माधव भण्डारी, भरत रोदन साउद, भीम राना भाट, इन्द्र राउत, भोगीराज चाम्लिङ्, मधुसूदन गिरी, डा. शिवप्रसाद पौडेल श्रमशील, डा. देवीप्रसाद गौतम, डा. अच्युतशरण अर्याल, डा. आर.पी. तिमिल्सिना, रोहित दाहाल, श्यामकुमार बूढामगर, खेमराज खनाल, प्रभात के. सी., कमल नियोल, दण्डपाणि न्यौपाने, सुरेश वाग्ले, रीतबहादुर खडका, च्याङ्वा लामा डी.वी. थापा, रोहित कोइराला, पुष्पराज चौधरी, कमल पुन, हर्षबहादुर मल्ल, शारदा श्रेष्ठ, मस्त विष्ट, झक्कुप्रसाद पुन, अशोक थापा, कर्ण बानियाँ, बल्लभमणि दाहाल, देवमणि ढकाल, हरिहर खनाल, विनयकुमार कसजु, प्रदीप नेपालजस्ता साहित्यकारहरूको कलमको मसी खर्चिएको भेटिन्छ । त्यसै गरी अन्यको नाम लिनुपर्दा छायादत्त न्यौपाने, बगर उमेश आचार्य, मोदनाथ मरहठ्ठा, जनार्दन वियोगी, पोषराज पौडेल, दिनेश दुवाल, धनबहादुर मगर, सीता शर्मा, धनेश्वर पोखरेल, सुकुम शर्मा, प्रदीप बालाचन, भीम रानाभाट, गंगा श्रेष्ठ, राजकुमार कुँवर, मणि थापा, सत्य पहाडी, सरला रेग्मी, लक्ष्मी माली, टीकाराम उदासी, राजेश विद्रोही, धनप्रसाद सुवेदी, डीपी ढकाल डी.आर. पोखरेल, तेजविलास अधिकारी, नमुना एम बटुवा, सीपि गजुरेल, भगवानचन्द्र ज्ञवाली, मोहनलाल चन्द, महेश्वर शर्मा, चेतकान्त चापागाईँ, रविकिरण निर्जीव, सि.बी. आचार्य, सिर्जना ढकाल, बन्दना ढकाल, नुमराज बराल, नारायण परिश्रमी, नारायण मरासिनी, परशुराम कोइराला, पोषराज पौडेल, जीवन शर्मा, राजेन्द्र पौडेल, सीमा शर्मा, हेमनाथ पौडेल, हेमराज पहारी, सरिता तिवारी, नारायण मरासिनी, कृष्णराज अधिकारी, केदार शर्मा ढकाल, पूर्णवहादुर अधिकारी, माधव ढुङ्गेल, माधवप्रसाद सुवेदी, निभा शाह संगीतस्रोता, पुण्यप्रसाद आचार्य, वेणु आचार्य, रामप्रसाद जैसी, यमबहादुर पौडेल क्षेत्री, यज्ञवहादुर डाँगी, यज्ञश्वर निरौला, यादवराज उपाध्याय, योगराज सापकोटा, देवेन्द्र पौडेल, अनिल श्रेष्ठ, भानु भण्डारी, यज्ञराज प्रसाई, दिनेश दुलाल, शोभा थापा, कमला रोका, उषा मगर, सुशिल क्षेत्री, चुनु गुरुङ, गणेश भण्डारी, भरतरोदन साउद, मोदनाथ मरहठ्ठा, वान्तवा वसन्त जनक महतारा, धनेश्वर पोखरेल, दीपक चिन्तक, अनिल शर्मा, कुसल वोगटी, गणेश शाही, पीपी आचार्य, युवराज काफ्ले, नन्दलाल आचार्य, केएल पीडित, दीपक विश्वकर्मा, अर्जुन ज्ञवाली, ओमकारनाथ ज्ञवाली, कविराज पौडेल, राजभाइ जकमी, यानेन्द्र जी.सी., झकवहादुर मल्ल, खगेन्द्र राना, पाचकुमारी परियार, लोकेन्द्र विष्ट, आशा नेपाली, दीपक वि.क., विष्णु भण्डारी, विष्णु वि.क., विन्दा मैनाली, केदार श्रेष्ठ “गगन”, रामहरि पौडेल, रामचन्द्र फुँयाल, रश्मिला नेपाल, कृष्ण किराँती, होम जवेगु, शारदारमण नेपाल, शैलश पौडेल, हरिहर चापागाई, टंकबहादुर आलेमगरजस्ता सयौँ स्रष्टाहरूले प्रगतिवादी साहित्यमा कलम चलाएका छन् । कसैले दरिलो स्थान बनाएका छन् भने कोहीकोही भने उदियमान् स्रष्टाका रुपमा आफूलाई चिनाउँदै आएका छन् । कोही यस वादमा मात्र रहेर लेख्छन् भने कोही प्रगतिवादका अतिरिक्त अन्यवादमा पनि दखल राख्छन् ।
तपेश्वरी-१ गल्फडिया उदयपुर

हामीले सधैं पढ्ने गरेको
हामीले सधैं पढ्ने गरेको नन्दलालजीको रचनाहरूजत्तिको उचाइ अलि भेटिन । पाठकको हैसियतले हेर्दा पहिलो अनुच्छेद ज्ञानवर्धक र दोश्रो अनुच्छेद जानकारीमूलक छ । तेस्रो अनुच्छेदले भने पाठकको जाँगरलाई निकै शिथिल बनाउँछ ।
साहित्यकारहरूको लामो लिस्ट देख्दा नन्दलालजीले यी सब नाम जम्मा गर्दा निकै परिश्रम खर्च गर्नुभएको टड्कारै देखिन्छ । तर पाठकले खोज्ने भनेको मुल-मर्म हो। प्रस्तुत गर्नुभएको विधामा संघर्ष गरिरहेका श्रष्टाहरूको नाम राखेर स्रष्टाहरूलाई न्याय गरेको देखिन्छ । तर, मेरो बिचारमा, यति छोटा लेख/निबन्ध ती स्रष्टा सबैलाई अटाउने ठाउँ हैनन् ।
प्रगतिवादको बारेमा अँझै विस्तृत कुराहरू राख्नुभएको भए अलि राम्रो हुन्थ्यो कि! जस्तै: यी लेखले कस्ता सन्देश दिन खोजेका छन्, कस्ता मान्यतालाई विशेष गरी प्रस्तुत गरेका छन्, तिनीहरूबिच अन्तर्द्वन्द्व र विरोधाभास कत्तिको भेटिन्छ, अबको लेखन कतातर्फ दौंडदै छ, अनि यस्तो लेखनले समाजलाई कत्तिको प्रभाव पार्न सकेको छ। अनि, यस विधाका उल्लेखीय रचनाहरूलाई उदाहरणको रुपमा ल्याएर छोटकरीमा प्रकाश पारिदिनुभएको भए निबन्धले झनै पूर्णता पाउँथ्यो कि!
अर्जुनदृष्टिमूलक विचारका लागि
अर्जुनदृष्टिमूलक विचारका लागि धन्यवाद कुमारज्यू
पाठकीय मत घत लाग्दो छ
भनेजस्तो परिपाक तयार नभएको तर प्रारम्भ चाहिँ गरेको वोध मलाई भएको छ
नामावली प्रकाशनमा धेरै सन्दर्भ सामग्रीहरूको मद्दत छ
अनुसन्धानमूलक लेखका रूपमा यसलाई मूर्तरूप दिने विचारमा छु
अपूर्णता अवश्य पाएकै स्वीकारोक्ति दिनु आफ्नो लेखकीय मर्यादा ठान्दछु
लामो लिष्टको प्रयोजन चाहिँ हस्तीहरू र बामे सर्दै गएकाहरू सबैका बारेमा सबैले जान्ने चासो राखून् भन्ने थियो
नअटाएका पनि धेरै छन्
एउटा अवधारणा मात्रै बसाउन सके पनि हुन्थ्यो भन्ने लागेर लेखियो
अबका दिनमा सोधखोज गर्दै तपाईँले उठाएका सवालको जवाफ लिएर आऊँला
धेरै कुरा छन् मनमा तर ती सबैलाई समेट्न नसक्नु पनि स्वभाविक हो
एक जिज्ञाशु पाठक र अनुरागी साधकको ठाउँमा रहनु र यस क्षेत्रमा परिक्वता नआउनुले पनि यदाकदा यस्ता स्थिति आउँछन्
आगामी दिनमा पनि आलोचनात्मक टिप्पणीको अपेक्षा राख्दै विदा भएँ
धन्यवाद