सत्ता जित्न पाए बिकास गर्छु भन्थ्यौ पहिले तिमी
देश यो हालतमा पुर्याइ चुप’चाप अहिले तिमी
सुस्त छन् चल्ने पाइँला छेपारोले झैं रंग फेरि
ठूला-ठूला भाषण ठोक्ने गर्छौ,अझैँ जहिले तिमी
हाम्रा कुरा सुने-सुने जस्तो गरि उडाइ दिन्छौ
दोष जति अरु लाई राम्रो गरें भन्छौ मैले तिमी
भन-कति जोड्ने! चिसो चूलो मागी पराइ सँग ?
सुरक्षा र शान्तिको स्थापना गर्छौ कहिले तिमी ?
गीता थापा (दोषी)
