Skip to content


पश्चिमतिर सुने
औंला भाँची गुने
बिचरा मेरा दुई भाइको ह्त्या गरिएछ ।
पाशविक, दर्दनाक हत्या गुरुको छोरालाई
तीन तीन चोटि पक्रिएको रैछ असत्ति मोरालाई ।।
छापाहरूमा आजकल चित्कार देख्छु ।
मनभित्र गाडिएको तरबार देख्छु ।।
बेइमानी रजाइँ हुने काँडाबार देख्छु ।।।
कवि हुनुको नियति कला सकिए म कसरी कलात्मक शुकामना दिऊँ ।।

भरखरै समाचार पाए ।
बिचरी कार्की बहिनी गाडीमुनि आए
जिल्लाबासी बहिनी आर्मी ट्रकले थिचिइन रे
जिउदै थिइन व्याग गरी किचिइन रे ।।
बाँच्न सक्थिन कि प्रहरीले नरोकेको भए ।
अलिक खुशी आउथ्यो कि कुहिरोले नछेकेको भए
असत्यको हार भई सत्यले पाइला टेकेको भए
नेपाली हुनुको बिडम्बना बिम्ब रित्तिए म कसरी प्रतिबिम्ब बनाऊँ ।।

हारहरूको माला लगाई
इज्जतको लिलाम गरी गंगामा बगाई
दश दश चोटि चुनाव लड्छन् पराजयको निश्चितमा
देशको ढुकुटीमा ब्रह्म लुट गरेको देख्दा बिरोध छैन
पटक पटक नेपाल आमा बलात्कृत हुँदा अवरोध छैन
सहनुको सीमा नाध्यो, खै त सघर्षको उदघोष छैन ।।
नागरिक हुनुको कारण सोच्दै छु कसरी खुशी भई दसैं मनाऊँ ।।

कालरात्रीको पनि बखत होला
हामी वीर छौं कुनै दिन आन्दोलनको तागत होला ।।
इतिहास साक्षी छ, दशमीमा जमरा र टिकासँग
यसपाली आशिर्वाद नेपाल आमाले दिनै पर्छ
अठोटका साथ परिवर्तनको लागि चुनौती लिनै पर्छ ।।
मातृभूमिको पहारा दिई सबैले आमाको ॠण तिर्नै पर्छ ।।
नेपाली माहान चाड अनि एकिकृत भई सँगै खुशीले मनाउँला ।।
>>>> सबै मिली नेपाललाई स्वर्गको एउटा टुक्रा बनाउँला ।।

बसन्त कुमार श्रेष्ठ’क्षितिज

2 thoughts on “शुभ कामना !”

  1. जस्तो निराशावादी रचनामा पनि
    जस्तो निराशावादी रचनामा पनि आशावादी अन्त्य गर्नु तपाईंको विशेषता हो जून मेरो मनपर्ने पाटो पनि हो। Optimism नभै संसार अगाडि चल्न सक्दैन। मलाई लाग्छ हाम्रो साहित्य, गीत/संगीत अलि बढी नै Pessimistic भएको छ। यस्तै Optimistic लेखहरूको आशा गर्दछु तपाईंबाट।

  2. हार्दिक धन्यवाद । दसैंको शुभ
    हार्दिक धन्यवाद । दसैंको शुभ कामना ।। म कोसिस गर्नेछु ।।

Leave a Reply to kshitij shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *